भरत भाबुक प्रसाई । बिर्तामोड ,चलचित्रलाई पर्यटनसंग जोड्ने उद्वेश्यले मुलुकका १३ जिल्लामा शाखा विस्तार गरिएको अध्यक्ष समिर बलामीले बताउनु भयो ।
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आज (मंगलबार) बिर्तामोडमा भएको एकदिने ‘चलचित्र पत्रकारिता तालिम’ का प्रशिक्षकसमेत रहेका अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको बताउनु भयो ।

उहाँले चलचित्र पत्रकारिताको माध्यमले सामाजिक रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्न सकिने बताउनु भयो ।
उहाँले बिट पत्रकारितालाई मुलधारको पत्रकारितामा जोडी चलचित्र प्रबद्र्वनमा टेवा पु¥याउन सकिने बताउनु भयो ।
पछिल्लो समय सामाजिक सञ्जाल पत्रकारिताको लागि चुनौती बन्दै गएको बताउँदै उहाँले पत्रकारिता गर्न प्रबिधिमा दक्षसँगै नयाँपन हुन आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष बलामीले चलचित्र पत्रकारिताको पहिले र अहिलेको अवस्थाका बारेमा जानकारी दिदै हाल अधिकांश मिडियाहरुले बिज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने गरेको दाबी गर्नु भयो ।
तालिममा झापाका ३८ वढी पत्रकारहरुको सहभागीता रहेको थियो । संघका झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको तालिमको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले फोटो क्लिक गरेर फरक शैलीमा कार्यक्रमको उद्धाटन गर्नु भएको थियो ।

चलचित्र पत्रकारिता लेखन सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको संघका सचिव एकराज प्रधानले जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतरा प्रसाई, नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, पत्रकार सुव्रत न्यौपाने, चलचित्रकर्मी संघका केन्द्रिय सदस्य मिजास पोखरेल, नेपाल चलचित्रकर्मी संघका कोशी प्रदेश अध्यक्ष केवल तामाङलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि नगर प्रमुख प्रसाइले नेपाली चलचित्रले समाजको विम्बलाई बोल्ने भएकाले यसको बिकास र रुपान्तरणमा सबैले आफ्नो ठाँउबाट भुमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले पर्यटन र संस्कृतीलाई प्रचार प्रसार गर्नमा चलचित्रको भुमिका अहम रहने बताउनु भयो ।
स्वागत संघकी झापा सदस्य सुनिता तामाङले गरेको कार्यक्रमको सञ्चालन झापा सह–सचिव सुरज प्रधानले गर्नु भएको थियो ।














