काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ ।

दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने नेताहरुको भनाइ छ ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न एमालेकाे सचिवालय बैठक आज दिउँसाे बस्दैछ । 

आज दिउँसो ३ बजे ललितपुर, च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा पछिल्लाे राजनीतिक घटनाक्रमका बारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।