जिल्ला अदालत महोत्तरीले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको श्रेस्तेदार नुतन झाले जानकारी दिइन् ।

उनका अनुसार आगजनी मुद्दामा पाँच हजार धरौटीको आदेश दिइएको छ ।