भरत भाबुक प्रसाई ।बिर्तामोड ,साहित्य कला संस्कृति प्रतिष्ठानले पुष्पा नेपाल सुवेदीको गजलसङग्रह धरातलको जून परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड १ स्थित पिज्जाघरको सभा हलमा आयोजित कार्यक्रममा सुवेदीद्वारा लिखित गजलसङग्रह माथी साहित्यकार किशोर कोइरालाले परिचर्चा गर्नु भएको थियो ।
डा=पुन्यप्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य अनुरागीलार्ई संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।
प्रमुख अतिथी सिग्देलले ब्यानर पढेर कार्यक्रमको उद्घाट्न गरिएको कार्यक्रमलाई कवि भरत बर्बरिकको कविताले रौनकता थपेको थियो ।
कार्यक्रममा गजलकार केशव आर्चाय, नाट्यकर्मी माधव कल्पितले शुभकाना मन्तब्य राख्नु भएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकको परिर्चचा गर्दै कोइरालाले गजल अन्यन्तै सुन्दर र प्रेमशील रहेको बताउनु भयो ।
उहाँले समग्रहमा धरातलको जून अत्यन्तै सुन्दर सृर्जना बन्न सफल भएको भन्दै लेखकलाई सफल्ताको शुभकामना दिनु भयो ।
कार्यक्रममा भरत गुरागाँई, बलिभद्र कोइराला गजलले कार्यक्रम गजलमय बनेको थियो ।
झापाका विभिन्न स्थानबाट आएका गजलकारहरुको गजललाई पनि स्थान दिइएको थियो ।
कृतिकार सुवेदीले सामाजिक क्रन्दन र मानवीय संवेदनालाई पुस्तकमा उर्तान खोजिएको बताउनु भयो । झापामा सर्जक र स्रष्ठाका उन्नयनमा साहित्य कला संस्कृति प्रतिष्ठान सधै लागिरहने प्रतिष्ठानकी अध्यक्ष ढुङगेलले बताउनु भयो ।
संस्थाले बेला– बेला साहित्यक गतिविधीहरु गर्दै आएको स्मरण गराउदै ढुङगेलले लेखन प्रतिभाको खोजीमा संस्था लागेको बताउनु भयो ।
कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, लेखकका श्रीमान शिव सुवेदी लगायत दर्जनौ गजलकारहरुको उपस्थिती रहेको थियो ।