बिर्तामोड । झापाको अर्जुनधारामा भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अर्जुनधारामा १६ वर्षीया बालिकामाथी भएको सामुहिक बलात्कारको घटनामा शनिवार दिनभर सोधपुछ भएको हो । प्रहरीले दुवै पक्षसँग सोधपुछ गरेको छ ।

शुक्रवार राती अर्जुनधारा–५ की ती बालिकामाथि चारजना युवाले सामुहिक बलात्कार गरेको आरोपमा चारलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बालिकाको बयानका आधारमा प्रहरीले अर्जुनधारा–७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई शनिवार बिहान नै घरबाट पक्राउ गरिएको थियो । थप तीन जना युवाहरु पनि संलग्न भएको आशंकामा खोजीकार्य भइरहेको बुझिएको छ ।