चारपाने । झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भाका नाघेका ऋणिको संख्या क्रमश घटाउन  सफल भएको छ ।

साकोसले गत असार मसान्तको तुलनामा साउन मसान्तसम्ममा भाका नाघेका ऋणि सदस्यको संख्या घटाएको हो ।

साउन मसान्त सम्मको बित्तिय बिबरण अनुसार ६ हजार ७४७ जना भाका नाघेका ऋणि सदस्य मध्ये ५०८ घटाएको छ ।

 हाल संस्थामा ६ हजार २३९ जना भाका नाघेका ऋणि सदस्य रहेको र त्यस संख्यालाई क्रमश घटाइदै लगिने संस्थाको योजना रहेको छ । 

 जनहितमा जारी

त्यस्तै बाह्य ऋणको प्रतिशत शुन्य, संस्थागत पुँजीको प्रतिशत ७.७५ प्रतिशत, तरलता ३१.७६ प्रतिशत, कुल सदस्य संख्या एकलाख ७३ हजार ७०२ जना पुर्याउन सफल भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित बित्तिय बिवरणमा उल्लेख छ । संस्थाका कार्यकारी प्रमुख गिरीका अनुसार क्रमश भाका नाघेका ऋणिको संख्या घटाइदै लगिनेछ ।