अर्जुनधारा । शनिश्चरे चोकमा कार्यक्रम गरी अखिल समाजवादीले अर्जुनधारामा युवतीमाथि भर्खरै भएको सामुहिक बलात्कारमा संलग्न अभियुक्तलाई कडा कारवाही गर्न माग गरेको हो । गत शुक्रबार राती अर्जुनधारा–५ की एक युवतीलाई सोही स्थानका ७ जना युवाले सामुहिक बलात्कार गरेका थिए । घटनामा संलग्नमध्ये ६ जना पक्राउ परेका छन ।
एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
अखिल समाजवादीले सो घटनामा संलग्न अभियुक्तहरुलाई कडा कारवाही गर्न आग्रह गर्दै ¥याली र कोणसभा गरेको हो ।
समाजवादीले पीडितलाई न्याय दिनपनि आग्रह गरेको छ । बिभिन्न प्ले कार्ड बोकेका बिद्यार्थीहरुले शन्श्चिरे बजार परिक्रमा गरी चोकमा कोणसभा गरेका थिए ।
कोणसभामा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा झापा, मोरङ र सुनसरी ईन्चार्ज बिनोद सि, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य अर्जुन सि, सङगठनका केन्द्रिय सदस्य तथा झापा अध्यक्ष डिपी सि र सङगठनका केन्द्रिय सदस्य तथा कोशी प्रदेश छात्रा बिभाग प्रमुख अङकिता सिले सम्बोधन गर्दै घटनामा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेका थिए ।














