बिर्तामोड । भरत भाबुक प्रसाई,  कोशी  प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्थानिय तह र करुणा फाउण्डेशनको साझेदारिमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । 

 झापाका १५ वटा पालिकामना यो परियोजना लागु हुन लागेको हो । बिर्तामोड स्थित अपाङ्ग स्वाभलम्वि संस्थाको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै   केही अपाङगता भएका व्यक्तिहरुले समस्याको निकास खोज्नु भन्दा खारेजीको माग गर्दै विरोध गरेपछी , केही व्यक्तिको कारण सम्पूर्ण अपाङग मैत्री परियोजना बन्द हुने अवस्था सृजर्ना नहोस भनी जागरण लागि पत्रकार सम्मेलनको आयोजना गरिएको  समाज सेवा सुधार युवा संघ अपाङग सहयोग समिति झापाका उपाध्यक्ष गंगा प्रसाद सैग्रौलाले बताउनु भयो ।

झापा १५ वटै पालिकामा यो परियोजनाम सञ्चालनका लागि अन्तिम चरणमा पुगेको छ ।

 करीव ४ करोड लगानी  गरिने यस परियोजना प्रभावकारी रुपमा सम्पन्न भए अपाङमैत्री समाजको परिकल्पना सार्थक हुनेमा आफुहरु विश्वस्त रहेको  बिर्तामोड अपाङग स्वाभलम्बन संस्थाका अध्यक्ष दिपक थापाले बताउनु भयो । 

विश्वका ८ वटा देशले लागु गरिसकेको यस परियोजना नेपाले अन्य नगरपालिकामा पनि सञ्चालन ल्याउन लागेको थापाको भनाइ छ । 

स्वास्थ्य, रोजगार, शिक्षा, लगायत सम्पूर्णरुपले  समावेशी सहभागिता  गराइने भएकाले केही बुदामा संसोधन बाहेक परियोजना अपाङग मैत्री भएको  कन्काई अपाङगता समावेशी संस्थाका कोपाध्यक्ष सृजना बरालले बताउनु भयो ।

  यस परियोजनालाई राष्ट्रिय अपाङग महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।