बिर्तामोड । सविता ढकाल ,बिर्तामोड १ स्थित पञ्चकन्या प्लटीङग क्षेत्रवरीपरी रहेका स्थानियबासीहरुको पहलमा गठित संस्था पाथिभरा भजन कृतन मण्डलीले आफ्नो प्रथम साधारण सभा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सामाजिक, सांस्कृतिक र धार्मिक एकता कायम गर्दै सामाजलाई धर्मको जागरण तर्फ लैजाउन नै संस्थाको स्थापना भएको संस्थाकी अध्यक्ष सावित्रा अधिकारीले बताउनु भयो ।
अध्यक्ष सावित्रा अधिकारीले व्यानर पढेर उदघाटन गरिएको साधारण सभामा संस्थाकी उपाध्यक्ष दिपा पाठकले स्वागत गर्नु भएको थियो । कार्यक्रमलाई रोचक बनाउन दिपा ढकाल , आयुस्का ढकाल,अर्पिता अधिकारी,मानसी बस्नेत लगायतले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।
साधारण सभाको बन्द सत्र मार्फत सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसमा अध्यक्ष अधिकारी, उपाध्यक्ष तुलसा कडरिया, सचिव भरत भाबुक प्रसाई,सह–सचिव सबिता ढकाल, कोषाध्यक्ष दिपा पाठक र सदस्यहरुमा कल्पना बराल र सिमा थपलिया चयन हुनु भएको छ । मुख्य कार्यसमितिले अन्य सदस्यहरु चयन गर्ने बताइएको छ ।
मनोनित नयाँ कार्यसमितिलिाई जेष्ठ आमा सरस्वता बस्नेत र पवित्रा प्रसाईले अवीर र खादाले स्वागत सम्मान गर्नु भएको थियो ।
अध्यक्ष अधिकारीले संस्थाको प्रतिवेदनका साथ भावी योजनाका कार्यक्रम प्रस्तुत गर्नु भयो । उहाँले चाँडै एउटा कोषको स्थापना गरी उत्कृष्ट भजन गायिका तथा गायकलाई बार्षिक साधारण सभाको अवसरमा विशेष सम्मान गरिने बताउनु भयो ।
कार्यक्रममा आमन्त्रित अतिथी गंगा सिलवालले नयाँ कार्यसमितिको सफल्ताको शुभकामना दिनु भयो ।
त्यस्तै कल्पना बराल, मिरा ढकाल, सरस्वता बस्नेत लगायतले साधारण सभा भव्य बनाउन सहयोग गर्ने कार्यसमिति परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत भाबुक प्रसाईले गर्नु भएको थियो ।














