कोशी प्रदेश सरकारले सञ्चार माध्यमका लागि ल्याउन लागेको बिधेयक मस्यौदा  दोहोरो  प्रकृतिको भएको भन्दै झापाका पत्रकारहरुले त्यसलाई परिमार्जन गर्न सुझाव दिएका छन् ।

झापाका पत्रकारहरुले पुरानै परिपाटीको सञ्चार नीति भएको भन्दै समयानुकुल परिमार्जन गर्नु पर्ने सुझाव दिएका हुन् ।

WhatsApp Image 2024-09-02 at 17.11.31

कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गर्न बनेको बिधेयकको मस्यौदालाई सरल र सहज बनाउन झापाका पत्रकारहरुले सुझाव दिएका छन् । 

पछिल्लो समय धेरै सञ्चार माध्यम बन्द भइसकेका र केही बन्द हुने अवस्थामा रहेकाले सञ्चार माध्यमहरुको संरक्षण भन्दा पनि ब्यवस्थापन गर्न बनेको बिधेयकको मस्यौदामा अझ बिस्थापित हुने देखिएको भन्दै त्यसलाई परिमार्जन गरेर सरल र सहज बनाउनु पर्नेमा झापाका पत्रकारहरुले सुझाव दिएका छन् । 

कार्यक्रममा पत्रकार गोबिन्दचन्द क्षेत्रि, केशव आचार्य, तारामणि सापकोटा, राजेन्द्र गौतम, सुव्रत न्यौपाने, गणेशमान मुखिया, लीलाराज झापाली, ज्ञानेन्द्र निरौला, मनकुमार गदाल, अर्जुन राजवंशीलगायतले सहज र सरल तरिकाको सञ्चार नीति बनाउन सुझाव दिएका थिए । 

कोशी प्रदेशका सञ्चार माध्यमलाई ब्यवस्थापन गर्न बनेको बिधेयकको मस्यौदामा झापाको बिर्तामोडमा आज (सोमवार) भएको छलफल तथा सुझाव संकलन कार्यक्रम समय अनुसारको बनाउनु पर्नेमा झापाका पत्रकारहरुले जोड दिएका हुन् ।  कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय बिराटनगरको आयोजना तथा  नेपाल पत्रकार महासंघ कोशी प्रदेश तथा नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय तथा सहजीकरणमा छलफल तथा सुझाव संकलन कार्यक्रम भएको थियो । 

कार्यक्रममा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुम मन्त्रालयका उपमहासचिव विश्वदीप ब्रेसाले बिधेयकको मस्यौदाको प्रस्तुतीकरण गरेका थिए ।

WhatsApp Image 2024-09-02 at 17.11.28बेस्राले कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापनाका लागि तयार गरिएको बिधेयक मस्यौदाका बारेमा जानकारी गराएका थिए ।

प्रदेशको सञ्चार क्षेत्रमा सञ्चार माध्यमको संस्थाको स्थापना, अध्ययन अनुसन्धान तथा पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यको सञ्चालन तथा व्यवस्थापन गर्न प्रतिष्ठानको स्थापना गर्न बिधेयक मस्यौदाका तयार गरिएको बताइएको छ ।  

बेस्राका अनुसार प्रतिष्ठानको सर्वोच्च अङ्गको रुपमा एण्टा सञ्चालक समिति रहनेछ । जसमा सिफारिस समितिको सिफारिसमा प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष, नेपाल पत्रकार महासंघ प्रदेश समितिको अध्यक्ष वा प्रतिनिधि सदस्य, मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख सदस्य, सञ्चार क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर क्रियाशिल सञ्चारकर्मीहरू मध्येवाट समितिको सिफारिसमा प्रदेश सरकारबाट नियुक्त कम्तीमा एकजना आदिवासी जनजातिखर दुई महिलासहित पाँच जना सदस्य, प्रदेश प्रेस रजिष्ट्रारबाट सदस्य–सचिव रहने गरी प्रतिष्ठानको समिति बन्ने बेस्राले प्रस्तुत गरेको बिधेयक मस्यौदामा उल्लेख छ ।

 कार्यक्रममा मन्त्रालयका निमित्त सचिव कमल थापा, महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबल्भव घिमिरे, महासचिव बिवेक गौतम,  निवर्तमान अध्यक्ष बिक्रम लुइटेल, मन्त्रालयका कानुन अधिकृत सुनिल रेग्मी, महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, महासंघ झापाका पूर्व अध्यक्ष गोबिन्दचन्द क्षेत्रि, केशव आचार्य,  भीम नेम्वाङ, तारामणि सापकोटालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापा सचिव डिकेश लामाले गरेका थिए ।