बिर्तामोड, १७ भदौ । बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो ।

85f09495-e247-4373-819e-0d66a82ce075अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडकपनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरीने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

a858090f-5d1b-4784-9c4e-19be033ecaf7६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा  ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको  ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ ।

सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको हो । ठेक्का सम्झौता अवधि आगामी असोज ३० गतेसम्म छ ।

सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको  यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुनेछन् ।

d14e6e4a-8449-4012-8763-a8123e019e1bआगामी सोमबार सम्ममा ३ वटै सडकको कालोपत्रे गर्ने काम सम्पन्न हुने बिर्तामोड नगरपालिकाका सव- ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो ।