झापाको हल्दिबारीमा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” पठनपाठनका लागि सम्झौता भएको छ ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको उक्त पुस्तक विद्यालयको पाठ्यक्रममा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने उद्देश्यले त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पालिकाका ५ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।














