फोटो श्रोत– शव्दपत्र.कम
बिर्तामोड । झापाको बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समुहले हिन्दू धर्मालम्वी महिलाहरुको महान पर्व हरितालिका तीज सम्पन्न गरेको छ । समुहले तीजको अवसर पारेर आज (मंगलबार) बिर्तामोडस्थित अतिथि सदनमा तीज बिशेष कार्यक्रम गरेको हो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सामाजिक ब्यक्तित्व पार्वता गिरी, लीला मैनाली, एबीसी नेपाल झापाकी अध्यक्ष कन्चना ढकाल सिटौलालगायतका आतिथ्य रहेको थियो ।
त्यस्तै तीज बिशेष कार्यक्रममा बिर्तामोडका बिभिन्न महिलाहरुका संघ/संगठनका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ/संगठनका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।














