शिवसताक्षी । भरत भाबुक प्रसाई, मेचीमहाकाली बुहारी संयुक्त आवाजले सतासीधाममा निर्माणाधिन सतारी धारा निर्माण हेतु एक धारा निर्माण गरिदिएको छ ।

मेचीमहाकाली परिकल्पनाकार यमु शर्मा पौडेलको जन्म तथा पाँचौ वार्षिकोत्सवको अवसर पारी संस्थाले सताक्षीधाममा आश्रित वटुकलाई स्टेशनरी वितरण, वृद्ध आमाबुबाहरुलाई गेरु बस्त्र प्रदान  गरेको थियो ।

IMG_0222पुण्य स्थलमा रहनु भएका आमाहरु, बटुकहरुलाई भोजन गराएर मेचीमहाकाली बुहारी संयुक्त आवाजले आफ्नो स्थापना दिवसलाई  स्मरण गरेको छ ।

सतासी धामको प्राङगणमा आयोजित कार्यक्रममा बाल्दै संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले परिकल्पनाकार यमु शर्मा पौडेलको संकल्प र जसरी भएपनी सम्पन्न गरी छाड्ने दृढ इच्छा शक्तिकाको उपज संस्था यो स्थानमा आइपुग्न सफल भएको बताउनु भयो ।

IMG_0221

उहाँले उपेक्षित वर्गलाई सडक बाट सदन सम्पन्न पु¥याउन मेचीमहाकाली बुहारी संयुक्त आवाज सफल भएको बताउदै नारीहिंसा र बाल अधिकारका सवालका धेरै काम गर्न अझै बाँकी  रहेको बताउनु भयो ।

अध्यक्ष काफ्ले यो संस्थाको स्थापना दिवस मात्रै नभएर संस्थापकको  अथक प्रयास र व्यक्तिगत समर्पणको उत्सव भएको बताउनु भयो । 

IMG_0223

शिवसतासी धाम पर्यटन बिकास समितिका सचिव रिजालले यस्तो पुण्य काम  गर्ने सोचले आयोजित यस्ता कार्यक्रमले  समाजलाइ    सधै प्रेरणा प्रदान गर्ने बताउनु भयो । 

कार्यक्रमकी प्रमुख अतिथी शिवसताक्षी नगरपालिकाकी उप–प्रमुख नरमाया कार्की साथै  केन्द्रिय अध्यक्ष काफ्ले संयुक्तरुपमा पासमा वत्ति बाली  उद्घाटन गर्नु भएको कार्यक्रमलाई झापा कार्यसमिति सह– संयोजक रोशनी खनाल अधिकारीले स्वागत गर्नु भएको थियो ।

IMG_0170

कमल उपशाखाकी संयाेजक, चन्द्रकला सुब्बा,शिव सतासीधाम पर्यटन विकास समितिका सचिव कालिप्रसाद रिजाल, शिवसताक्षी वडा नम्वर ११ का वडा सदस्य प्रेम भुजेल, मेचीमहाकाली बुहारी संयुक्त आवाजकी कोशी प्रदेश संयोजक पिङकी थापा, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले शुभकामना दिदै मेचीका महिलालाई महाकाली संग जोडी संयुक्त आवाज निर्माण  गर्न सफल हुनु भएको भन्दै परिकल्पानाकार यमु शर्माको  पौडेलको प्रशंसा गरेका थिए ।

झापा जिल्ला  कार्यसमिति , कमल उपशाखा, दमक उपशाखाको संयुक्त आयोजनाका सम्पन्न गरिएको पाँचौ  बार्षिक साधारणसभा ठुला ठुला होटलमा पैसाखर्चिएर मनाउनु साटो जेष्ठ नागरिक आमा बुबा लाई गेरुबस्त्र प्रदान गर्दै, धर्मको अध्ययनमा लाग्नु भएका बटुकहरुलाई स्टेशन सामाग्री वितरण गरी मनाइएको हो । 

IMG_0717कार्यक्रममा दमक उपशाखा प्रमुख चम्पा भट्टराई,आजिवन सदस्य एवं पूर्व कार्यसमिति सदस्य निलम प्रसाई सञ्चारकर्मी भरत भाबुक प्रसाई, ओमनारायण राजवंशी,सदस्य चन्द्रा पाठक उप्रेती, रिना राई चेम्जोङ, कल्पना उप्रेती ,संगिना तिम्सना,चम्पा दाहाल लगायत विभिन्न शाखाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

  नेपालको ५७ जिल्लाका आफ्नो संस्था विस्तार गरी सकेको मेचीमहाकाली  बुहारी संयुक्त आवाज दुर्गम ग्रमीण भेगमा बस्ने नारीहरुलाई सशक्त बनाउने उदेश्यले जन्मिएको थियो । 

यो समारोहले हामीलाई समर्पण र सामाजिक सेवाको महत्व पुनः सम्झाउँछ, र भविष्यका लागि नयाँ प्रेरणा र आशा प्रदान गर्दछ।

IMG_0755

यमन र चन्द्रा बीचको यो अटूट सम्बन्धको जगमा उभिएको फरक सोचलाई उचाइ दिन सुरुवाती मेहनतका इँटा राख्ने ती सबै  दीदीबहिनीहरूको सम्झना स्वरूप र यस संस्थाको छानो देश–विदेशमा फैलाउन जोडिएका सम्पूर्ण बुहारीहरूको सम्मानका साथ, यो वार्षिकोत्सव आगामी वर्षहरूसम्म निरन्तर मनाइरहोस् ।