झापा । झापाको कनकाई र बिर्तामोड नगरपालिकामा मालबाहक सवारीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान झापा संयोजक हल्दीबारी–१ घर भई हाल विर्तामोड–५ बस्ने ४० बर्षिय भीम तुम्बापो लिम्बु र महाअभियानका झापा सचिव विर्तामोड –७ का ३३ बर्षिय सुरेश चौधरी रहेका छन् । लिम्बुलाई मंगलबार र चौधरीलाई सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कनकाई–८ विरिङ खोला पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ कुमार महतोले चलाई लाँदै गरेको ग्एछठब्त्द्धद्धढघ नं. को भारतिय ट्रकलाई सोही दिशाबाट मोटरसाईकलमा सवार भई आएका तत्काल अपरिचित व्यक्तीहरु समेतले ट्रकलाई ओभरट्याक गर्दै मोटरसाईकलको पछाडी सवार व्यक्तीहरुले प्लाष्टिकको बोतलमा बोकेको आगो बलेको पेट्रोल बोतल (पेट्रोल बम) ट्रक चालकलाई समेत मार्ने नियतले ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए ।