इलाम । विरता रिर्डसको आयोजनामा साहित्य पत्रकारिता सम्बन्धी लेखन कार्यशाला इलाम जिल्लाको रोङ गाउँपालिमा सम्पन्न गरिएको छ ।

462556688_561339479786654_4273904351604214213_nपर्यटनलाई साहित्यसंग जोड्ने उदेश्यले झापाको बिर्तामोडबाट पर्यटकको नयाँ गन्तव्य स्थल किराँत पार्क  सम्मको यात्रा तयगर्दै उक्त स्थानमा लेखन कार्यशालाको आयोजना गरीएको थियो ।

साहित्य पत्रकार मञ्च र झापाली साहित्य समाजको सहकार्यमा आयोजित कार्यशालामा झापाका पत्रकार , साहित्यकार र लेखकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

विरता रिर्डस किताब मेला यात्रा १ नाम दिइएको भ्रमणमा साहित्यमा प्रकृतिको सम्बन्ध,साहित्यमा आवश्यक शव्द र अलङकारको चयन, भाषिक शुद्वता, साहित्य पत्रकारितामा पत्रकारको उर्जापूर्ण सहभागिता ,लेखन शैलीको सिद्वान्तपूर्ण समावेशिता लगायतका विविध विषयमा कार्यशाला गोष्ठीमा छलफल भएको  भएको थियो ।

462549429_2572150479644410_9142504612998461792_nलेखन कार्यशालाका प्रशिक्षक साहित्यकार तथा पत्रकार सन्तोष आर्चायले पत्रकारिता हतारिएको साहित्य हो भनेर उम्कन नपाउने बताउनु भयो । उहाँले साहित्य र जिवनको अन्तर सम्बन्ध रहको बताउनुभयो ।

आर्चायले जिवन वर्तमानको चालक र विगत इतिहासको चित्रण रहेको प्रकाश पार्नुभयो ।

उहाँले साहित्य किन लेख्दै छु भन्ने हेक्का साहित्यकारहरुले राख्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै  मेरो रेडियोका प्रबन्ध निर्दैशक तथा लेखक कुमार भट्टराईले साहित्य लेखनको विधी प्रगतिशिल साहित्यका सन्र्दभमा प्रकाश पार्नुभएको थियो ।

उहाँले मको उदाहरण दिदै  मानविय परिचय आफ्नो कर्ममा निर्भर पर्ने बताउनु भयो ।

उहाँले झापामा साहित्य पत्रकारीता नै हुन नसकिरहेको बेलामा यस किसिमको लेखन कार्यशाल हुनु आफैमा सुन्दर पक्ष रहेको बताउनु भयो । 

प्रशिक्षणका अर्का प्रशिक्षक , कार्यक्रमका संयोजक , लेखक पत्रकार तिर्थ सिग्देलले साहित्यलाई पर्यटन संग जोड्दै साहित्य पत्रकारितामा कलम चलाउन चाहनेहरुका लागि लेखन कार्यशाला  कोशेढुङगा सावित  भएको बताउनु भयो ।

462537959_520090634240147_4952860888262544241_n

उहाँले साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र रोङगाँउपालिकाका अध्यक्ष मणिकुमार तामाङलाई सहकार्य र सहजीकरणमा पु¥याएको भुमिका प्रति विशेष धन्यवाद व्यक्त गर्नु भयो ।

  लेखनकार्यशालामा झापाली साहित्य समाजका अध्यक्ष हरि बराल, साहित्यकार खेम गौतम,गजलकार विवेक निशानी, पत्रकार तथा रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, लिमलाइट एजुकेशनका प्रबन्ध निर्देशक टेकनाथ वाग्ले दिपक, पाठक मुकुन्द शिवाकोटी,कृष्ण ढुङगाना, विरता रिर्डसका सह–संयोजक तथा लेखक केशव मैनाली,इजलास दैनिकका सम्पादक प्रदिप परियार, बिर्तामोड झापा अन्लाइनका सम्पादक टिकाराम बाँस्तोला, मेरो रेडियोका स्टेशन मेनेजर दिपक ढुङगाना,सुर्योदय टि भीका संवादाता देब बाँस्कोटा ,भिजन रेडियो तथा सुर्योदय टेलिभिजनका पत्रकार रविकिरण बान्तवा,पर्दासञ्चार डट.कमका  सञ्चालक एकराज प्रधान, रेडियो साथीका स्टेशन मेनेजर सुरज प्रधान, तथा कार्यक्रम प्रस्तोता विनोद राजवशीं लगायतको उपस्थिीति रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्य पत्रकार मञ्चका सचिव तथा मोफसल अन्लाइनका सम्पादक भरत प्रसाईले गर्नु भएको थियो ।