काठमाण्डौ । तीन सय ८३ वर्षदेखि निरन्तर चल्दै आएको ललितपुरको ऐतिहासिक कात्तिक नाचको तयारी थालिएको छ । कात्र्तिक नाच पर्सिदेखि सञ्चालन हुँदैछ । यसवर्ष नाच १० दिन सञ्चालन गरिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।
आउँदो ३० गतेसम्म मंगलबजारको कात्तिक डबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुन्छन् । विशेष गरेर कृष्ण लिलामा आधारीत नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाउने गरिन्छ ।
नाचमा दैत्य जगाउने परम्परा छ । पर्सि भक्त सुरदासको नाच देखाएर शुरु हुने कात्र्तिक नाच अन्तिम दिन ३० गते वस्त्रहरण लिलाको नाच देखाएर समापन गरिनेछ । कात्र्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार २९ गते देखाइनेछ । नेपाल सम्वत् सात सय ६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपाली तीन सय ८४ वर्ष पुगेको छ ।