काठमाडौँ, ३० कार्तिक । फ्राइडे रिलिजअन्तर्गत आजबाट फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ ।

साउथ इन्डियन सिनेमाका लोकप्रिय कलाकारको समेत अभिनय रहेको फिल्मले सामाजिक कथा भन्ने निर्माणपक्षले जनाएको छ । एक्सन, प्रेम र सामाजिक कथा चलचित्रको मुख्य विषय रहेको निर्माणपक्षले बताएको छ ।

नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा रहेको फिल्मले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ ।

फिल्ममा नीता र हरिहरसँगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।