">बिर्तामोड । भरत भाबुक प्रसाई, क्षितिज नाट्य समुहको आयोजनामा आजबाट नेपाली माटाकोे कथा नाटक परिबन्ध मञ्चन भएको  छ । 

झापा नाटक घरमा आज पत्रकार र केही विद्यालयका विद्यार्थीहरुले नाटकको पहिलो शो अवलाेकन गरेका थिए ।

आजबाट मंसिर ३० गते सम्म नाटक नियमित दुई देखि चार शो सम्म मञ्चन हुने नाटक मञ्चन संयोजक राजकुमार भट्टराईले बताउनु भयो । 

FB_IMG_1733474913003

क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पितको  परिकल्पना तथा गजेन्द्र पृथकको  लेखन तथा निर्देशक रहेको नाटकले नेपाली दर्शकलाई पूर्णरुपमा १ घण्टा बाधेर राख्ने  पत्रकार तिलक योञ्जनले बताउनु भयो । 

उहाँले कलाकारको अभिनय जीवन्त रहेको बताउनु भयो । झापामा यती अब्बल कलाकारहरु देख्दा नाटक र रङमञ्चको भविष्य प्रगतिपथमा अघिबढदै गएको आफुलाई अनुभुत भएको उहाँकाे भनाइ छ ।

नाटकले बर्तमान नेपालको गरिबी, समाजिक विभेद, कुलत लगायतका कुराले परिवार र सामाजमा पुर्याउने असरलाई उजागर गरेको कार्यक्रम संयोजक  भट्टराई बताउनु भयो ।

0aa3f16b-6410-45de-910b-6ed9c4a26a9e

त्यस्तै बजार तथा प्रचार प्रसार ब्यबस्थापक ताराप्रकाश भट्टराईले नाटक आमदर्शक साथै विद्यालयका विद्यार्थीकालागी उपयोगी हुने बताउनुभयो । 

उहाँले समाज र परिवार सञ्चालनको लागि के कस्ता चुनौती र समस्या भोग्नु पर्छ भन्ने कुरा यो नाटकमा देखाउन खाेजिएको बताउनु भयोे । 

श्रीमान परदेशीदा अवला नारीले भोग्नुपरेको पिडालाई परिबन्ध नाटकले अत्यन्तै सुन्दर तरिकाले प्रस्तुत गरको छ । सम्वाद चयनमा नाटकका लेखक दक्ष देखिएका छन् । 

नाटक हेर्नलाइ विद्यार्थीहरुलाई १ सय रुपैँया र अन्यलाई २ सय रुपैयाँ तोकिएको  क्षितिज साहित्य साधना प्रतिष्ठान प्रमुख तुलसी प्रसाद भट्टराईले बताउनु भयो । उहाँले झापाका विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुलाई पत्रचार गरिएको बताउनु भयो । 

मञ्चन अवधिभर १० हजार भन्दा बढीले नाटक अवलोकन गर्ने अपेक्षा गरिएको प्रचार तथा प्रसार संयोजक तारा प्रसाद भट्राईले बताउनु भयो ।

त्यस्तै नाटकले नेपाली माटोको कथा बोलेको र उक्त नाटक हर नेपालीले हेर्न जरुरी रहेको क्षितिज साहित्य साधना प्रतिष्ठान सदस्य दुर्गा सिग्देलले बताउनु भयो । 

नाटकमा गजेन्द्र पृथक,भिमा खतिवडा,राजकुमार भट्टराई,सृष्टि आचार्य प्रज्वल भट्टराई,राकेश कमेडी, माधव शिटौला,दिपा ढकाल,शितल खनाल लगायत कलाकारका बेजोडे अभिनय रहेको छ।

  प्रेम सागर निरौलाको संगित रहकोे  नाटमा लाइट समायोजन विवेक मिश्रले गरका छन् ।

नाटकले नेपाली आवाज बोलेको छ ,गरीविले निम्त्याएको परिबन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरेको छ  ।