कनकाई । चन्द्र बस्नेत , झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाको श्री भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
संस्थाको शनिवार (आज) सुरुङ्गामा भएको १५ औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो।
संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा दिब्यराज ढकाल, सचिवमा रुद्रबहादुर श्रेष्ठ सह–सचिवमा अनिता श्रेष्ठ र सदस्यमा निता श्रेष्ठ, मैयाकुमारी चौहान, तीर्थराज खरेल, भोजकुमार श्रेष्ठ र तीर्थबहादुर श्रेष्ठ सर्वसम्मत् चयन भएको निर्वाचन समितिका संयोजक खेमराज भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी लेखा समितिको संयोजकमा कमलप्रसाद भट्टराई, सदस्यमा कुमार पाठक र उर्मिला खड्का सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिमा संयोजक खेमराज भट्टराई, सदस्यमा मीनकुमार प्रधान र यशोदा श्रेष्ठ रहनुभएको छ।
संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष अस्वस्थ भएका कारण अध्यक्षको प्रतिवेदन सञ्चालक सदस्य तीर्थराज खरेलले प्रस्तुत गर्नुभएको थियोे ।
अध्यक्षको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/०८१ असार मसान्तसम्ममा ५०३ शेयर सदस्य रहेको संस्थाको कुल चुक्ता शेयरपुँजी एक करोड ५८ लाख ७४ हजार ३०० रुपैयाँ रहेको छ । यसैगरी कुल बचत ५ करोड २६ लाख १४ हजार ९५९ रुपैयाँ ९३ पैसा र कूल ऋण लगानी ६ करोड ८५ लाख ९८ हजार १७५ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सोही कार्यक्रमकाबिच जेष्ठ सदस्यका रुपमा कमलादेबी श्रेष्ठ, पदमबहादुर श्रेष्ठ, दुर्गादेबी प्रधान, कृष्णप्रसाद पोखरेल र रुद्रनारायण श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै असल बचतकर्ताका रुपमा रामबाबु महर्जन र कामेश्वरलाल कर्ण, असल ऋणिका रुपमा रामप्रसाद कोइराला र सरस्वतीदेबी श्रेष्ठ साथै उत्कृष्ट कर्मचारीका रुपमा जुनु खनाल अधिकारीलाई नगदसहित सम्मान गरिएको संस्थाका ब्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चम्लागाई, संस्थाका संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, दोमुखा सहकारीका सचिव खगेन्द्रप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए । स्वागत संस्थाको उपाध्यक्ष रत्नकुमार श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर श्रेष्ठले गर्नुभएको थियो । ।














