बिर्तामोड । गायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्न गरिएको छ ।
भापाको भद्रपुर कर्मथलो रही विगत लामो समयबाट लेखन यात्रामा लाग्नु भएका गीतकार सत्यनारायण तायलको शख्द रहेको गितले पूर्वेली जनजीवन बोलेको गायक पोखरेलले बताउनु भयो । गीतकार तायलले मारवाडी भाषामा दर्जनौ गीत कबिता साथै साहित्यक लेखनमा आफ्नो कलम चलाउनु भएको छ ।
सयौं सफल नेपाली चलचित्रका गीतमा कोरियोग्राफी गरिसक्नुभएका कमल राइको निर्देशन , शिव ढकालको छायांकन साथै पदम राईको नृत्य रहेको छ ।
भिडियोमा अहिलेका चर्चित मोडेल पुर्ण सावा लिम्बू र माही शर्मा ले अभिनय गरेका छन् । निर्माण नियन्त्रक प्रदिप महतो र कुमार सिलवाल साथै ख्यातिप्राप्त सङ्गीतकार बिकास चौधरीले ग्रुपको अगुवाइ गर्नुभएको छ ।
सुटिङ स्थलमा राष्ट्रिय गायिका पबित्रा ओली, अर्जुन खरेल सबिन लिम्बू ,जतिन श्रेष्ठ , उमेश पान्डे पुर्ण सुनार ,मोडेल सुमन लाम्गादे ,समाजसेवी एवम गीतकार लबकुस गौतम , बिज इन्टरनेशनलका प्रवन्धक अशोक भन्डारी ,पाथीभरा साउन्डकी सन्चालिका निर्मला अधिकारी ओली, डान्सर प्रकृती खडका, गीता आचार्य पान्डे ,भजन गायिका निर्मला बस्नेत आदिको उपस्थिती रहेको थियो ।
गीतकार सत्यनारायण तायलको निर्माणमा बनेको नजाउ मलाई एक्लै छोडी बोलको मारुनी गीतको सङ्गीत भने गायक स्वयम् निरज पोखरेलले गर्नु भएको छ ।
यसभन्दा अगाडी गीतकार सत्यनारायण तायलको नेपाली र मारवाडी गीत गरी दर्जनौ रेकर्डिङ भैसकेका छ । उहाँ पुरानो चर्चित नेपाली फिल्म चोट तथा मनकामनाको निर्माता समेत हुनुहुन्छ ।
दर्जनौ सङ्गसस्थामा आबद्ध गीतकार तायलको गीत मारुनी चाँडै ओ .ए. आर डिजिटलबाट रिलिज हुने संगितकार पोखरेलले बताउनुभयो ।