अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्माको शीर्ष अभिनयमा फिल्म 'हर्ष' निर्माण हुने भएको छ।

यो फिल्मलाई एकता पौडेलले निर्देशन गर्नेछिन्। उनको यो डेब्यु फिल्म हुनेछ। 

एकता दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्।

आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। यसका अलावा उनले केही छोटा सिनेमाहरू बनाएकी छन्।

 जनहितमा जारी

ई प्राइम मुभिजको ब्यानरमा बन्ने 'हर्ष' मा हाललाई प्रमुख कलाकारमा खगेन्द्र र आँचल मात्र फाइनल भएका छन्। उनीहरूका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ।