नेपाली भेषभुषा, पर्यटन र स्थानीय उत्पादनको प्रर्वद्वन गर्ने उदेश्यले इ ग्लोबल मिडियाले लाखे है नामक कार्यक्रमको सुरुवात गरेको छ ।

  नेपालकै राष्ट्रिय चर्चित हास्य कलाकार शिला बोजु उप्रेतीले सञ्चालन गर्ने कार्यक्रममा समाजका विविध क्षेत्रका अग्रज व्यतित्व संग अन्तरक्रिया गर्दे व्यवसायिक प्रर्वद्वनमा सहयोग गर्ने उदेश्य रहेकोकार्यक्रको सञ्चालन गरिएकाे कार्यक्रमकी सञ्चालिका शिला बोजु उप्रेतीले बताउनु भयो ।

उहाँले कलालाई पर्यटनसंग जोड्दै विभिन्न चर्चित स्थानका बारेमा जानकारी दिइने बताउनुभयो । उहाँले पर्यटन वर्ष २०२५ लाई प्रर्वद्वन गर्दे स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुभयो ।

DSC01525  एक कार्यक्रमका बिच  भौतिक तथा यातायात मन्त्री देवेन्द्र दाहाले ब्यानरको लोर्कापण गर्नु भएको थियो । उहाँले इ ग्लोबल मिडियाले एउटा राम्रो कार्यक्रमको थालनी गरेकोका धन्यवाद ज्ञापन दिनुभयाे । उहाँले यस्ता कार्यक्रमले मनोरञ्जनका साथै समाज रुपान्तरण मद्वत गर्ने बताउनु भयो ।

इ –ग्लोबल मिडियाका सिइओ अर्जुन उप्रेतीले नेपालकै चर्चित कलाकार शिला बजुको प्रस्तुती रहने कार्यक्रमले दर्शक श्रोताहरुमा बेग्लै छाप छोड्नेमा आफु आशावादी रहेको बताउनु भयो । लाखे है कार्यक्रम  शिला बोजु युट्युब च्यानबाट प्रसारण हुँदैछ ।