चारआली,भरत भाबुक प्रसाई । बज्र इभेन्टको आयोजनामा चारआलीमा पहिलो पटक एक दिवसीय संगीत महोत्सव हुने भएको छ ।

कार्यक्रम स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा चारआली म्युजिक फेस्ट २०२५ तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । 

संगीत महोत्सवमा लोकप्रिय ब्यान्ड जोन एण्ड द लोकलको प्रस्तुति रहने  इभेन्टका स्पिकर मनिष गहतराजले बताउनु भयो ।

फागुन ९ फेब्रुअरी २१ मा चारआली देखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो खेल मैदानमा सम्पन्न हुने यस कार्यक्रमले नेपाली सङ्गीत प्रेमीहरूलाई नयाँ उत्साह प्रदान गर्ने इभेन्टका चेयरपर्शन फुर्वा लामाले बताउनु भयो । 

महोत्सव सम्पन्न गर्न करिव १७ लाख रुपैया लाग्ने आयोजकको अनुमान रहेको छ । कार्यक्रममा प्रवेश शुल्क भने ५००, १०० र ३५०० का साथै भिभिआइपीलाई २५,०००।– रुपैया निर्धारण गरिएको छ ।

आयोजित पत्रकार सम्मेलनमा हालसम्म ३८ सय टिकट विक्रि भईसकेको जानकारी दिइयो ।

कार्यक्रमका शुरक्षालाई चुस्त दुरुस्त राख्न १ सय शेक्युरिटी गार्ड र १ सय ५० स्वयमसेवक परिचालन गरिने भएको छ ।  कार्यक्रमको होष्ट २००२ की मिस नेपाल माल्विका सुब्बाले गर्ने छिन् । 

img-1473 1

बज्र इभेन्ट्सको आयोजनामा हुने साँगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्को दमदार प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमको टाइटल स्पन्जर ब्रिज इन्टरनेशनल रहेको छ । 

विश्वका विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिइसकेको यो चर्चित ब्यान्ड नेपाली सङ्गीतप्रेमीहरू माझ अत्यधिक लोकप्रिय छ ।

ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् ।सङ्गीत महोत्सवले केवल मनोरञ्जन मात्र प्रदान गर्ने होइन स्थानीय सङ्गीत, संस्कृति, र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने उद्देश्य राखिएको छ ।

चारआली म्युजिक फेस्ट २०२५ बाट बचेको रकमले मेचीनगरको फ्रिडम फाउण्डेसनलाई सहयोग गर्दै सामाजिक हितका कार्यक्रमहरूलाई प्राथमिकता दिने संस्था बज्र इभेन्ट्सका अध्यक्ष फुर्वा लामाले बताउनु भयो ।

फ्रिडम फाउण्डेसन लागूऔषध प्रयोगकर्ताहरूलाई कुलत बाट मुक्त गराउन उपचार र परामर्श प्रदान गर्दै आएको छ ।

यसको सञ्चालक सन्दिप थापा रहेका छन् । उनी पनि यस सङ्गीत महोत्सव आयोजनामा जोडिएका छन् ।

यस महोत्सवले स्थानीय कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्नेछ, जसले उनीहरूको कला संसारभर चिनाउने अवसर प्राप्त हुनेछ ।

“अध्यक्ष लामाले सम्पूर्ण सङ्गीत प्रेमीहरूलाई यो ऐतिहासिक क्षणको साक्षी बन्न चारआली म्युजिक फेस्ट २०२५ मा उपस्थित हुन आग्रह गरेका छन्। । 


चारआली म्युजिक फेस्ट बाट सङ्कलित पूँजीलाई लागूऔषध तथा दुव्र्यसन नियन्त्रण, स्थानीय पर्यटन प्रवद्र्धन, र स्थानीय कलाकारहरूको उत्थान जस्ता सामाजिक कार्यहरूमा लगानी गरिने महोत्सव आयोजकका प्रवक्ता महेश गहतराजले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा सि.इ.ओ.आकाश तामाङ,सन्दिप थापा, समाजसेवी बसन्त लिम्बु लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रवक्ता महेश गहतराजले गरेका थिए ।


         जोन एण्ड द लोकल्स को बारेमा 



                                         ब्यान्डका सदस्यहरू


जोन राई – भोकलिस्ट (मुख्य गायक)


जास्पर राई – ड्रम्स


मनुहाङ राई (मन्नु म्यान) – बेस गिटार


श्रीहाङ राई (स्टिभ) – लिड गिटार


सुदर्शन थापा – बाँसुरी


जोन एण्ड द लोकल्सले रक, इन्डी, र लोक संगीतको अनौठो संयोजन प्रस्तुत गर्छ । उनीहरूका गीतहरूले नेपालभरि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा कमाएका छन्।