अर्जुनधारा । भरत प्रसाई, संयुक्त महिला आवाज नेपालको आयोजना तथा  अर्जुनधारा वडा नम्वर ५ को आर्थिक सहयोगमा गत फागुन ७ गतेबाट सञ्चालित महिलाहरुका लागि नौमती बाजा सम्बन्धि तालिमको औपचारीक  रुपमा समापन गरिएको छ ।  

महिलालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित तालिममा अर्जुनधारा वडा नम्वर ५ भित्रका २६ जना महिलाहरुको सहभागिता रहेको थियो ।

११५औं  अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आज  अर्जूनधारा वडा नम्वर ५ स्थित  शोभा भगवती नव दुर्गा पाञ्चायन धामको सभाहलमा आयोजित समापन कार्यक्रममा संयुक्त महिला आवाज नेपालकी  केन्द्रिय उपाध्यक्ष मुना खड्काले स्वागत गर्नु भएको थियो ।

IMG_6229

प्रमुख आतिथी अर्जुनधारा वडा नम्वर ५ का वडाध्यक्ष गीताराज खड्काले व्यानर बाचन गरेर उदघाटन गरिएको कार्यक्रममा सामाजिक व्यतित्व केशवप्रसाद ओझा, संयुक्त महिला आवाज नेपालकी सल्लाहकार रञ्जु प्याकुरेल,वडा नम्वर ५का वडा सदस्य चन्द्रकला तामाङ,लक्ष्मी खनाल,संयुक्त महिला आवाज नेपालकी हल्दीबारी शाखा उपाध्यक्ष शारदा लिङदेन, पूर्व अर्जुनधारा जेसिसका अध्यक्ष बसन्त बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै संस्थाको उदेश्य र लक्ष्यका सम्बन्धका संस्थाकी केन्द्रिय अध्यक्ष शिखा खड्का गणेशले  प्रकाश पार्नुभएको थियो ।

IMG_5991उहाँले नारी दिवसको अवसरमा सम्पूर्णमा शुभकामना अर्पण गर्दै नारी आत्मनिर्भर भए समाज सम्मुनत बन्ने भएकाले रोजगार केन्द्रित कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

उहाँले हामी आफैले आफ्नो व्यतित्व बिकास गर्नु पर्ने बताउनुभयो । खड्काले समाजका देखिएका हिंसा व्यतिथीहरुको विरुद्वमा बोल्ने बानीको बिकास गर्न महिलाहरु संग आग्रह गर्नु भयो ।


IMG_5997

उहाँले संयुक्त महिला आवाज नेपालले हल्दीबारी गाँउपालिकामा नौमती बाजा बजाउने प्रशिक्षण, बाह्रदशीमा सेनिटरी प्याड वितरण लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको बताउनु भयो ।

समाजमा प्रताडित जोकोही पुरुष या महिलाको पक्षमा अत्यचारका विरुद्व आवाज बुलन्द गर्दै आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहने बताउनु भयो ।


IMG_6002

 उहाँले महिलाहरु आत्मनिर्भर भए  परिवार हुदै समाज नै विकासको पथमा चल्ने भएकाले संस्थाले    नौमती बाजा बजाउने तालिमको आयोजना गरेको बताउनु भयो ।

महिलाहरुलाई नौमती बाजा सिकाई रोजगार संग जोड्न विशेष सहयोग गरेकोमा पूर्वेली महिला नौमती बाजा संस्थाकी अध्यक्ष मनिषा पाठकलाई विशेष धन्यवाद  दिदै, उहाँ आफ्नो आर्दश भएको बताउनु भयो ।

संस्थाले बालबालिका, महिलामाथी हुने घरेलु हिंसा शोषणमा परेका पीडित व्यक्तिहरुको उत्थानका लागि सदैव सहयोगका अभियान सञ्चालन गरिरहने बताउनु भयो ।

IMG_6011

कार्यक्रमका प्रमुख अतिथी खड्काले निराशावादी भएर सरकारले मात्रै केही गरेन भन्नु भन्दा आफ्नो क्षमता अनुसारको काममा निपूर्ण भए कसैप्रति आश्रित बन्नु नपर्ने बताउनु भयो ।

उहाँले सिकेको तालिमलाई प्रयोग गर्दै रोजगारका बाटाहरु सृर्जना गरिदिन वडाले विशेष सहजीकरण गरिदिने बताउनु भयो ।

नेपालीहरु अल्छि भएको बताउदै नेपालका जमिनमा  परिश्रम गर्न नचाहने,  घाँसको त्यान्द्रो उखाल्न पनि नसक्ने तर विदेशमा गएर जे पनि गर्ने, उहाँले समाज रुपान्तरण गर्न  सोचमा परिर्वतन ल्याउनु पर्ने बताउनुभयो । उहाँले आजको समाजको आवश्यकता आर्थिक क्रान्ति नै रहेको बताउनु भयो ।

IMG_6126

समापन  कार्यक्रममा  बोल्दै  पूर्वेली नौमती बाजा संस्थाकी अध्यक्ष  मनिषा  पाठकले राष्ट्रिय  पहिचान बोकेको नौमती बाजा संरक्षण गर्ने उदेश्यले सुरु गरिएको अभियानमा अर्जुनधारा ५का महिलाहरु पनि जोडिनु भएको भन्दै यसले अभियानलाई फराकिलो पार्ने बताउनुभयो । उहाँले  महिलाहरु स्वाभलम्बी हुँदा समाज नै समुन्नत हुने बताउनुभयो ।

IMG_6244संयुक्त महिला आवाज नेपालकी सल्लाहकार  रन्जु प्याकुरेलले नारी दिवसको अवसरमा शुभकामना दिदै संस्था स्थापना र सञ्चालन गर्ने काम दुवै कठिन र चुनौतीपूर्ण  रहेको बताउनुभयो ।  उहाँले  समान ज्यालाको माग राखी ११५ वर्ष पहिला अमेरिकाबाट सुरु गरिएको आन्दोलन विश्वका हरेक शहरमा पुग्दा नेपालका महिलाहरुलाई छुन नसकेको बताउनु भयो ।

उहाँले अरुमा निर्भर पर्नुभन्दा आफै दक्ष बने महिलाहरु कसैको अबहेलनाको पात्र  नबन्ने बताउनु भयो । उहाँले संस्थालाई यहाँ सम्म ल्याई पु¥याउन दिन रात केन्द्रिय अध्यक्ष  शिखा खड्का लाग्नु भएको बताउनुभयो ।

IMG_6010

उहाँले बाजा बजाउने सिपले आर्थिक उर्पाजन गर्नुका साथै संस्कृतिको संरक्षणमा  टेवा पुग्ने बताउनुभयो ।

उहाँले बाजा बजाउने सिपले महिलाहरु काममा व्यस्त हुनुका साथै  समाजिक सम्मानको पात्र पनि बन्ने बताउनुभयो ।

कार्यक्रमका विच तालिम लिने क्रममा संस्थाको गतिविधी मन परेर आजिवन सदस्यता लिने ११ जनालाई संस्थाकी केन्द्रिय अध्यक्ष शिखा खड्का गणेशले प्रमाणपत्रले स्वागत गर्नुभयो । कार्यक्रममा संयुक्त महिला आवाज नेपालकी हल्दिबारी शाखा उपाध्यक्ष शारदा लिङदेन,बाह्रदशी शाखा उपाध्यक्ष रनमाया तामाङ,पूर्व अर्जुनधारा जेसिसका अध्यक्ष बसन्त बुढाथोकी, समाजिक व्यतित्व केशव ओझा,शोभा भगवती नवदुर्गा पाञ्चायन धामका  सचिव खिलराज कार्की लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

IMG_5985  कार्यक्रमका प्रमुख अतिथी  अर्जुनधारा वडा नम्वर ५ का वडाध्यक्ष खड्काले प्रशिक्षित २६ महिलाहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । 

संयुक्त महिला आवाज नेपालको आयोजनामा फागुन ७ गतेबाट सुरु भएको  नौमती बाजा बजाउने तालिम आज २४ गते ११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर संगै समापन गरिएको हो । 

कार्यक्रमको सञ्चालन संयुक्त महिला आवाज नेपालकी कार्यवाहक सचिव कृतिका सिवाकोटीले गर्नुभएको थियो ।