कनकाई, चन्द्र बस्नेत । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि शनिबार कनकाई  र काकरभिट्टाको महिला फुटबल टिम भिड्ने भएका छन् ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा बिहीबार  आज भएको दोस्रो  सेमिफाइनलको खेलमा कनकाईको महिला फुटबल टिमले  ७-० को फराकिलो गोल अन्तरले  शिवसताक्षी  नगरपालिकाको महिला फुटबल टिमलाई पराजित  गरे सगै कनकाईले  काकरभिट्टा सगको भेट पक्का गरेको 

आयोजक  कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो । खेल अबदिभर कनकाईका  खेलाडीले दबाबमा राखेका थिए । खेलको पहिलो हापमा ४ गोल लगाएको कनकाईले दोस्रो हापमा थप ३ गोल गरेसगै शिवसताक्षी   माथी कनकाईको  महिला फुटबल  टिमले ७-० को जित दर्ता गरेको हो।

 खेलको म्यान अफ द म्याच विजेता कनकाईकी जर्सी न ११ कि खेलाडी  समिक्षा मगर  घोषित भएसगै उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । आजको म्यान अफ द म्याचको प्रायोजक जामुनखाडी कृतन मन्डलीले गरेको थियो।

84c0a1a7-6109-4d2b-9def-f5e7c09ea860

जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते  शनिबार दिनको २ बजे हुने खेल संयोजक गिता खरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले १  लाख १ हजार रुपैयाँ र उपविजेताले ५१  हजार  रुपैयाँसहित ट्रफी मेडल  र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो ।

कार्यक्रमकै अवसरमा खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले  प्रतियोगिता आयोजना गरिएको आयोजक अध्यक्ष छवि थपलियाले बताउनुभएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।