झापाको बिर्तामोडमा बत्तिस ब्यञ्जन खाजा घर एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
कल्पना दुलाल र पुन्यप्रसाद कोइरालाको एकल लगानीमा बिर्तामोडस्थित शनिश्चरे रोडमा सञ्चालनमा आएको रेष्टुरेन्टको उद्घाटन बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले गर्नुभएको छ।
रेष्टुरेन्टको उद्घाटन गर्दै संघका अध्यक्ष न्यौपानले हाल धेरै युवाहरु ब्यापार ब्यवसाय बन्द गरेर बिदेशी रहेको बेला ब्यवसाय सञ्चालनमा आउनु खुसीको कुरा भएको बताउनुभयो।
उहाँले रेष्टुरेन्टमा खानपिनका कुरामा स्वादिलो, स्वस्थ्यकरसँगै सफा हुनु पर्नेमा जोड दिदै व्यवसाय सन्चालन गर्कोमा खुशी प्रकट गर्दै निरन्तरता दिन सुझाव दिनुभयो ।
एकल २५ लाख वढीको लगानीमा सञ्चालनमा आएको उक्त रेष्टुन्टमा रैथाने खाजा, खानासहित सवै प्रकारका पेय पदार्थ पाइने सञ्चालक पन्यप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार केही समय अघि सुरुङ्गामा पाथिभरा सेकुवा कर्नर सञ्चालन गरेको र ग्राहकको माग अनुसार नाम परिवर्तन गरेर बिर्तामोडमा बत्तिस ब्यन्जन खाजा घर एन्ड रेष्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक कोईरालाले बताउनुभयो ।
रेष्टुरेन्टमा रैथाने खाजा अन्तरगत सुक्खा रोटी, फापर र कोदोको रोटीलगायत पाइने र भेज तथा नन् भेज खानासहित यश अघि पाथिभरा सेकुवा कर्नर सुरुङ्गामा पाईने गरेको खसी र कुखुराको सेकुवा साथै सवै प्रकारका पेय पदार्थ अब बत्तिस ब्यञ्जन खाजा घर एन्ड रेष्टुरेन्ट बिर्तामोडमा पाइने सञ्चालक कोइरालालले जानकारी दिनुभयो ।
यस्तै खाजाको अन्य प्रकारहरुमा मोमो, चाउमिन, थुक्पा, फ्राई राइस भेज तथा नन् भेजलगायत सबै खाजाका परिकार उपलब्ध हुने ब्यवस्थापक दुर्गाप्रसाद कोइराला बताउनुभयो ।
रेष्टुरन्टमा एसी क्याविनहरु पनि छन् भने बर्थडे तथा अन्य पार्टीका लागि पनि ब्यवस्था रहेको सञ्चालक कोइरालाले जानकारी दिनुभयो ।खाजा तथा खानामा मसलायुक्त खानेकुरालाई कम गर्दै रेष्टुरेन्टमा स्वस्थ्यकर खाना उपलब्ध हुने सञ्चालक कोइरालाले दावी गर्नुभयो ।
हाल रेष्टुरेन्टमा ४ जनालाई प्रत्यक्ष रोजगारी दिएको र आवश्यकता अनुसार थप्दै लाने सञ्चालक कोइरालले बताउनुभयो ।
रेष्टुरेन्टमा क्रमश फाष्टफुडलाई पनि जोड्दै लानेसमेत उहाँले बताउनुभएको छ ।














