कनकाई,३० चैत २०८१ । विगत ५ वर्ष सम्म लागेको क्यानसर रोगको सामना गर्दै हाल क्यानसर रोगको विजेता क्यानसर सरभाईवर अर्थात् क्यान्सर फाईटर झापा कनकाई ३ सुरुङ्गा निवासी ४० वर्षिया नमिता काफ्ले बस्नेत “मुस्कुराउछ नयाँ जिवन ” भन्ने स्लोगन को साथ मेची महाकाली साईकल यात्रामा निस्कनु भएको छ । उहाँले शनिबार आज नेपालको पुर्वि सिमाना मेची पुल बाट क्यानसर रोग संग सचेतना साईक यात्रा सुर गर्नु भएको हो ।
आफै पनि क्यानसर साथै अन्य धेरै रोग संग लड्दै अरुलाई समेत यो रोग सम्बन्धि सचेतना प्रदान गर्दै साईक यात्रा सुर गर्नुभएकी नमितालाई गृह नगर कनकाईबाट यात्रा सफलताको शुभकामनासहित बिदाई गरीएको छ ।
कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , वडा वडा नं. १ का अध्यक्ष शुसिलकुमार पोखरेल , वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं , वडा न १ का वडा सदस्य हरिकुमार राई ३ का वडा सदस्यहरु गोविन्द सुवेदी , अनिल गोयल , कनकाईका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक एवं सामाजिक व्यक्तित्व लगायतले नमितालाई राष्ट्रिय झन्डा , खदा, अविर पहिर्याउदै यात्रा सफलताको शुभकामना सहित बिदाई गर्नुभएको हो ।
बिदाई गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले क्यान्सर रोगलाई जितेर साइकल यात्रा गर्ने साहेद पहिलो महिला नमिता हुन सक्ने बताउनु भयो ।

उहाँले क्यान्सर रोग लाग्ने वितिकै रोगले मानिसलाई जति ग्रसित पार्छ त्यो भन्दा बढी मलाई क्यान्सर लाग्यो भनेरचै नर्भस हुने , हतोत्साहित हुने हरुलाई नमिताको मेचीमहाकाली साईकल यात्राले ठुलो उर्जा दिने वताउनु भयो । नगरले उहाँको यात्रा सहजरूपमा सम्पन्न होस भन्नका लागि यात्राको क्रममा पुगिने विभिन्न पालिका हरु संग समेत समन्वय गरेको पोखरेलले जानकारी दिनु भयो ।
तेस्तै कनकाई १ का वडा अध्यक्ष सुशील कुमार पोखरेल वडा न ३ का अध्यक्ष युवराज चौलागाईं लगायतले नमितालाई यात्रा सफलताको शुभकामना व्यक्त गर्दै नमिताको जिवनशैलिलाई हेरेर पनी दिर्घरोग लागेका व्यक्तिहरुले उर्जा प्राप्त गर्न सकिने वताउनु भयो ।
यात्री नमिताले कनकाई नगरपालिका र पुर्वाञ्चल क्यान्सर अस्पतालको बिशेष सहयोग र हौसला लिएर साईकल यात्रा सुरु गरेको बताउनु भएको छ ।आफु हस्पिटलमा रहँदा पनि नगरले साथ र सहयोग गरेको बताउँदै सवैलाई नमिताले धन्यवाद समेत दिनुभएको थियो। उहाँले आफ्नो साईकल यात्रा पूरा गर्दै यसैगरी आफ्नो अनुभव सियर गर्न नगरपालिकामा उपस्थित हुने प्रतिवद्वता समेत जनाउनुभयो।
नमिता २५ दिने मेची महाकाली साइकल यात्रा अभियानमा निस्कनु भएको हो। नमितालाई नगरले साइकल र आवश्यक सामाग्रीसमेत उपलब्ध गराएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।
नमिताले सबैको हौसलाले आफुलाई उर्जा मिलेको बताउदै सदैब यस्तै साथ सहयोगको अपेक्षा गर्नु भएको छ।














