बिर्तामोड,झापा । कोशी प्रदेशका माध्यमिक तहका विद्यार्थीहरूमा वैज्ञानिक चेतना,  नवप्रवर्तनको भावना विकास  गर्ने लक्ष्य राखी नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा पहिलो पटक “प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी–२०८२” आयोजना हुने भएको छ । 

उक्त प्रदर्शनी २०८२ सालको जेठ १, २ र ३ गते, तीन दिनसम्म झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गरिने आज बिर्तामोडमा  पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । 


IMG_1215

कार्यक्रमको मूल उद्देश्य विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधि क्षेत्रमा सक्रिय गराउँदै उनीहरूको सिर्जनात्मकता र अनुसन्धान क्षमतालाई उजागर गर्नु रहेको कार्यक्रमका संयोजक गणेश पोखरेलेल जानकारी दिनुभयो ।

 विज्ञानमा मौलिकता र नवप्रवर्तनलाई प्राथमिकता,  विद्यार्थीहरुमा मा रहेको मौलिक आविष्कार र अनुसन्धानलाई प्रोत्साहन, सूचना प्रविधिमा भएका नवीनतम उपलब्धिहरूको प्रस्तुति र विज्ञान प्रविधिका क्षेत्रमा विद्यार्थीहरुको सहभागिता लगायत उदेश्यले विज्ञान तथा प्रविधि प्रदर्शनीको आयोजना गरिएको पोखरेलको भनाइ छ ।

IMG_1213

प्रदर्शनीमार्फत प्रदेशस्तरीय विज्ञान तथा प्रविधि नीति मस्यौदा तयार पारिने नेकपा एमाले कोशी प्रदेशका इन्र्चाज तथा केन्द्रिय सदस्य शेरधन राईले बताउनु भयो ।

आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी मा.विमा प्रदर्शनी आयोजना गर्ने तयारी भएको आयोजकले जनाएको छ । 

कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने तयारी भइरहेको नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोख्रेलले जानकारी दिनु भयो । 

विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनु भयो । 

अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिनुभयो । 

कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीस्थलमा २० वटा व्यावसायीक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने पोख्रेलले जानकारी दिनु भयो ।

कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने बताइएको छ ।

1744768426_fullअन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी भइरहेको आयोजक संस्थाका प्रमुख पोख्रेलले बताउनु भयो । 

आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेश इन्र्चाज तथा केन्द्रिय सदस्य शेरधन राईले बिकास र समृद्वी एमालेको उदेश्य र लक्ष्य भएकाले कोशी प्रदेशमै पहिलो पटक प्रविधी प्रदशनीको आयोजना गरिएको बताउनु भयो ।

उहाँले मुलकको रुपान्तरण केवल एमाले पार्टीको नेतृत्वमा मात्रै सम्भव  हुने भएकाले दीर्घकालीन  योजना र भिजनका साथ फरक कार्यक्रम लिएर पार्टी अगाडी बढेको बताउनु भयो ।

विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रममा युथ पावर फाउण्डेशनले स्वयम सेवकको व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।

IMG_1205

प्रति विद्यालय एक स्टल रहनेछ र त्यसमा ३ जना विद्यार्थीले प्रतिनिधित्व गर्नेछन्।

चयन प्रक्रिया विज्ञान विषयका शिक्षक तथा प्राध्यापकहरूको निर्णायक टोलीमार्फत भौतिक रूपमा उपस्थित भइ वा भर्चुअल मूल्याङ्कनको माध्यमबाट गरिने जनाइएको छ ।

  कार्यक्रमका नेकपा एमालेका केन्द्रिय सदस्य रोमनी ओली, नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी, पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यैपाने ,सचिव प्रदिप परियार, सह–सचिव रमेश तिवारी, अग्रज पत्रकार उमाकान्त खनाल लगायत झापाका विभिन्न सञ्चार गृहमा आबद्व पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।