बितामोड । झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । आजदेखि सुरु भएको तालिम आइतवारसम्म सञ्चालन हुनेछ । 

बिर्तामोड नगरपालिकाको आयोजना तथा टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा ४ दिने तालिम सुरु भएको हो । तालिममा विभिन्न वडाबाट ३५ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।

लेखनसीपबारे सहजीकरण गरिने कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्र केशरी पोख्रेल, झापा बार एशोशिएसनका अध्यक्ष बसन्त नेपाल, अधिवक्ता कोपिला अधिकारीले तालिमको सहजीकरण गर्ने न्यायिक समिति बिर्तामोडकी उजुरी प्रशासक टिकामाया लामिछानेले जानकारी दिनुभयो । 

6f1d2d79-00d1-411f-b8fe-cb6b9d37128bकार्यक्रममा मेलमिलापकर्ताहरुलाई लिखतको जानकारी, त्यसका प्रकार, कानुनी व्यवस्था, मस्यौदा, निवेदन, जोहरी दरखास्त, पालिका र वडामा दिइने निवदेन, कानुनी मान्यता, करार सम्बन्धी लिखत, मिलापत्र, संयुक्त दरखास्त र वारेसनामा लेखनका लागि सहजीकरण गरिनेछ । 

 जनहितमा जारी


बिर्तामोड नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले लेखनसीप पश्चाप नगरको न्याय सम्पादन थप प्रभावकारी हुने बताउनुभयो ।

उहाँले कतिपय प्राविधिक ज्ञानको कमिले भइरहेका कठिनाईहरुलाई यो तालिमले समाधान गरिदिने जानकारी दिदैं मेलमिलापकर्ताहरुलाई तालिमबाट भरपुर ज्ञान आर्जन गर्न आग्रह गर्नुभयो ।


बिर्तामोड नगरपालिका न्याय सम्पादनमा पनि अग्रभागमा रहेको बताउँदै उहाँले नगरवासीहरुको सहजताका लागि मेलमिलापकर्ताहरुलाई लेखनसीप तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।