संगीत साधना कला केन्द्रकी अध्यक्ष तुलसा पाठकको सभापत्तित्वमा आयोजित वार्षिक उत्सव कार्यक्रममा शास्त्रीय संगीत गुरु कुशेस्वर राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले हाम्रो जीवनका लागि संगीत अति आवश्यक रहेको, संगीतकै कारण मानिसमा अनेक दुस्ख पीडा विर्सने भन्दै रोगबाट वचन पनि संगीतमा रम्नु पर्ने बताउनुभयो ।उहाँले हामी जतिसुकै थाकेपनि गले पनि कहीं कतै संगीतमय विभिन्न कार्यक्रम भईरहेको छ भने त्यसमा आफुपनि सहभागी भईयो भने ती सबै दुस्ख र थकान मेटिने दाबी गर्नुभयो ।
उहाँले कुनै पनि विद्यालय खोल्नु ठूलो कुरा नभएपनि त्यसलाई समाजमा टिकाई निरन्तरता दिनु नै ठूलो कुरा भएको बताउदै यस सुरुङ्गाको गहनाको रुपमा रहेको कला केन्द्रको र यसका सन्चालक समितिको खुलेर प्रसंङ्सा गर्नुभएको थियो । कार्यक्रममा साधना कला केन्द्रका सन्चालक धुर्व पाठकले कला केन्द्र स्थापना देखि अहिलेसम्मका भए गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार २२ वर्ष अगाडि स्थापना भएको विद्यालयमा हाल विभिन्न विधामा ८१ नानी वावुले संगीत सिक्दै आएको १५ जनाले मात्रै तबेला सिक्दै गरेको बताउनुभएको थियो । कार्यक्रममा गायक तथा संगीतकार टीका भण्डारी, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले साधना कला केन्द्रले कनकाईसहित छिमेकी पालिकाकाहरुबाट समेत नानी बाबुहरुलाई पढाइ सँगसँगै संगीतका माद्यमबाट पनि अगाडी बढाईरहेकोमा खुशी प्रकट गर्दै निरन्तरताको कामना गर्नुभएको थियो ।
कार्यक्रम सभाध्यक्ष तुलसा पाठकले अन्य विद्यालय भन्दा संगीत विद्यालय सञ्चालन गर्न धेरै कठिनाई रहे पनि स्थानीय सरकार र सबैको सहयोगले सहज ढंगबाट निरन्तर सञ्चालन भइरहेको बताउनुभयो । उहाँले दाताहरूको सहयोगमा १ करोडको अक्षकोष स्थापना गर्ने लक्ष्य रहेको र हाल विभिन्न दाताहरूबाट ४ लाख ६० हजार बढी कोषमा जम्मा भएको बताउँदै नगर भरिका प्राथमिक तह, आधारभूत तह, माद्यामिक तह नगरमा प्रथम हुने नानीबाबु, कनकाई तारामा प्रथम तथा द्वितीय हुने, नगर प्याब्सनमा प्रथम हुने, मेरीगोल्ड तारा, नगरका फरक क्षमता भएका, दलित अपाङ्गता भएका १० जना भन्दा बढीलाई प्रत्येक वर्ष निःशुल्क सिकाइँदै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा कनकाई वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, गायक तथा संगीतकार टीका भण्डारी, खगेन्द्र सिटौला, अग्रज पत्रकार चन्द्र भण्डारी, प्राज्ञ पवन राजवंशी, लाइन्स क्लब अफ सुरुङ्गा संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।
नानीबाबुहरुबाट स्वागत गीत–नृत्यसहित २२ वटा प्रस्तुति दिइएको कार्यक्रमको सञ्चालन कला केन्द्रका सचिव दिलिप खतिवडा र सहसचिव लोकनाथ भट्टराईले संयुक्त रुपमा गर्नुभएको थियो ।














