नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

गएराति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा तीन रुपैयाँ भाउ घटेको हो ।

निगमको नयाँ मूल्य सूचीअनुसार ढुवानीको हिसाबले एक देखि २ रुपैयाँसम्म फरक हुने निगमले जनाएको छ ।

काठमाडौँ, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा पर्नेछ।

7 3यस्तै, सुर्खेत र दाङमा एक लिटरको १५६ रुपैयाँ पर्नेछ।त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ ।

अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।