बिर्तामोड । भरत भाबुक प्रसाई , मुना मदन मानव जीवनको वास्तविकता, प्रेम, त्याग, कर्म र जातीय भेदभाव विरुद्धको सशक्त आवाज हो। यो काव्यले देखाउँछ कि साँचो मानवता जात–पात, धनी–गरिब, उच–नीचभन्दा माथि हुन्छ ।

मदनले गरिबी हटाउन कर्मको बाटो रोजे, तर त्यही कर्मले उसलाई प्रिय पत्नी मुनाबाट टाढा पार्याे। मुना भने पतिको वियोगमा एकनिष्ठ प्रेमको प्रतीक बनिन्। अन्ततः, जब मदन रोगी भएर फर्कन्छ, उसलाई साथ दिन एक जना तामाङ युवक मात्र आउँछ — यसबाट लेखकले देखाउन खोजेका छन् कि जात होइन, आत्मा ठूलो हुन्छ।

WhatsApp-Image-2025-05-19-at-2.38.39-PM-1

नेपाली साहित्यको युगान्तकारी कथा समेटिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यका आधारित ’मुनामदन’ नाटक मञ्चन गरिएको छ । 

झापाको विर्तामोड–१ स्थित झापा नाटक घरमा आजबाट २० गते सम्म नाटक प्रदर्शन गरिने नाटक मञ्चन व्यवस्थापन समितिका संयोजक राजकुमार भट्टराईले बताउनुभयो । 

एक औपचारिक कार्यक्रमकाविच बिर्तामोड नगरपालिका उपप्रमुख  तथो प्रमुख आतिथी नगेन्द्र प्रसाद सग्रौलले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित कालजयी काव्य मुनामदन नाटक आज  नाटकघरमा  उद्घाटन  गर्नु भएको थियो ।

WhatsApp-Image-2025-05-19-at-2.38.39-PM-1536x1156

गजेन्द्र खतिवडा पृथकको निर्देशनमा मञ्चन भइरहेको यस नाटकलाई पृथक शैलीमा रूपान्तरण गरिएको छ ।

निर्देशक खतिवडाका अनुसार नाटकले समसामयिक सन्देश दिनुका साथै मौलिक संस्कृतिलाई जगेर्ना गर्ने प्रयास गरेको छ ।

नाटक दैनिक ३ देखी ४ सो सम्म शो सञ्चालन गरिने मञ्चन व्यवस्थापन समितिका संयोजक राजकुमार भट्टराईले बताउनु भयो ।

IMG_3207उहाँले नाटक शुल्क रु, क्रमश १ सय, विद्यार्थीका लागि २ सय  अन्य सर्वसाधारण र ५ सय  भिआइपी हरुका लागि राखिएको बताउनु भयो । मुनामदनको पात्रलाई जीवन्त रूपमा प्रस्तुत गर्न कलाकारहरूले धेरै राम्रो अभिनय गरेको दर्शकहरुको भनाइ छ ।

नाटक हेरीसकेपछी माउण्ड अन्नपूर्ण एकाडमीका विद्यार्थीहरु निकै भाबुक भएका थिए । मञ्चनको पहिलो दिन माउण्ड अन्नपूर्ण एकाडेकीका ७५ जना विद्यार्थीहरुले नाटक अवलोकन गरेको संयोजक भट्टराईले बताउनु भयो ।

नाटकमा शुशिल कार्की प्रकाश संयोजन, सञ्जय मुडियारीको संगित संयोजन, सुदिप जंग कार्की कलाकार मदन, सबिता रेग्मी कलाकार मुना,दिपा पोखरेल, कलाकार आमा,सृष्टि आचार्य दिदी,सृष्टि आचार्य, प्रज्वल भट्टराई ठुले,विवेक मिश्र माने, तुलसी मिश्र साने,राकेश दर्नाल अन्तरे,राजकुमार भट्टराई काजी, सन्तोश तामाङ भोटे,पारस तामाङसानो काजी,कोमल प्रधान लावा र बालीका चापागाई नैनीको भुमिकामा रहनुभएको छ ।

WhatsApp-Image-2025-05-19-at-2.38.39-PM-1 1उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि नगेन्द्र प्रसाद संग्रौलाले नाटक मुनामदनले नेपाली साहित्यको गौरवपूर्ण इतिहासलाई पुनः जीवन्त बनाउने उल्लेख गर्नुभयो ।

उहाँले आम दर्शक तथा श्रोताहरुले मुनामदन नाटक जीवनमा एकपल्ट हेर्नैपर्ने नाटक रहेको बताउनुभयो ।