पूर्वी झापा बुद्धशान्तिमा रहेको बर्ने चिया कमानमा फुलेको शिरिषको फुलमा आन्तरिक तथा बाह्य पर्यटकको यतिबेला घुइँचो लाग्न थालेको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित मेचि राजमार्गको छेउमा फुलेको गुलमोहर नामले चिनिएको भाईरल शिरिषको फुलले यतिबेला धेरैको मन लोभ्याउन थालेको छ ।
तराईको गर्मि छल्न निस्किएका झापा मोरङ, सुनसरी अन्य जिल्ला तथा छिमेकी मुलुक भारत लगायतका ठाउँवाट हजारौँ पर्यटक घुम्न आएको देख्न सकिन्छ । इलामको कन्याम, श्रीअन्तुमा जस्तो पर्यटकको भीड यतिबेला बर्ने चिया कमानमा देखिन थालेको छ ।
गुलमोहरसँग तस्बिर खिच्न र भिडियो बनाउनेको चाप बढेसँगै पालिकाले गत वर्ष त्यहाँ खानेपानी, शौचालय र विश्रामका लागि चौतारो निर्माण गरे सँगै त्यहाँ साना चिया पसल र होटल पनि क्रमशः सञ्चालनमा आउन थालेको वडा नं ४ का वडाअध्यक्ष शेर वहादुर रायले बताउनु भयो ।
उहाँले घुम्न आउने पर्यटकहरुलाई ढुक्क भएर रमाइले गर्न आग्रह गर्नुभयो ।
यहाँको पर्यटकीय स्थल हरूको प्रचार प्रसारका आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका साथै साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास विस्तार् र प्रबद्र्धन गर्न आफु लागि परेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो ।
गुलमोहरसँग तस्बिर खिच्न र भिडियो बनाउन आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले ठाउँको बारेमा धेरै राम्रो प्रशंसा गरेरका छन् । सामाजिक सञ्जालमा देखेको भन्दा आएर भौतिक रुपमा रमाईलो गर्न पाउँदा धेरै रमाईलो महसुश गरेको पर्यटकहरु बताउँछन् ।
झापाको चारआलिवाट करिब १० किलोमिटरको यात्रा तय गरेपछि पुगिने वर्नेको चिया वगानको छेउमा फुलेको गुलमोहर फुलले यति बेला बर्ने चिया कमानलाई चिटिक्क पारेर सिंगारिएको छ ।
जिल्लाको उत्तरी भेगमा अवस्थित बुद्धशान्ति भोैतिक विकासमा पछाडि परेपनि प्राकृतिक रुपमा साँच्चै रमणीय छ । समुन्द्री सतह भन्दा थोरै उचाइ सम्म फैलिएको यो ठाउँमा सबै जात, जाति, भाषा, धर्म मान्ने समुदायको बसोबास रहेको छ ।