भरत भाबुक प्रसाई । झापाको बिर्तामोडमा रहेको सप्तक संगीतालयले आफ्नो ८ औँ वार्षिक उत्सव विविध कार्यक्रम गरि भव्यतासाथ सम्पन्न गरेको छ ।
पूर्वमा रहेका प्रतिभाहरुलाई संगितका माध्यमद्वारा नेपालमै परिचित गराउँदै संगित सेवामा लामो समयबाट लागेको संगीतालयले समाजका बिशिष्ट व्यतित्वहरुलाई सम्मान गरेको छ ।
संस्थाकी अध्यक्ष आकृती खतिवडाको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव कार्यक्रमको आतिथ्यता बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र सङग्रौलाले गर्नुभएको थियो ।
संगीतालयले आफ्नो ८ औँ वार्षिक उत्सवको अवसरमा शिक्षा र संगित क्षेत्रमा पु¥याएको योगदान स्वरुप संगितकार कुषेश्वर राई तथा न्युट्न्स एजुकेशन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाईँ सम्मान गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य गायन गुरु अर्पण सापकोटाले गरेको कार्यक्रमको औचित्यमाथी संस्थापक कुशल पौडेलले प्रकाश पार्नु भएको थियो ।
उहाँले झापाली माटो भित्र विभिन्न प्रतिभाशाली गायक गायिकाहरु रहेको बताउर्दै, उनीहरुलाई सहिमार्गको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले सप्तक संगीतालयमा सिकेका विद्यार्थीहरुले राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल हुदाँ विद्यालयको उदेश्य सार्थक भएको आफुले महसुस गरेको बताउनु भयो ।
कार्यक्रममा भारतीय कलाकार शास्त्रीय गायक अभिशेक पाण्डे र शास्त्रीय गायिका तथा कथा बाचिका शिखा काश्यप लगायतको समेत प्रस्तुतिले कार्यक्रममा रौनकता थपेको थियो । कार्यक्रममा एक सय बढी उत्कृष्ट प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।
शनिवारका नियमित कक्षामा अध्ययनरत विद्यार्थीहरुले विभिन्न संस्कार संस्कृति झल्कने नृत्यहरुले कार्यक्रमलाई अझ उत्कृष्ट बनाएका थिए ।
कार्यक्रममा तबला विद्यार्थीको प्रस्तुती,गायन विद्यार्थीको प्रस्तुती, गितार विद्यार्थीको प्रस्तुती तथा शनिवार क्लासका विद्यार्थीहरुको बेजोड प्रस्तुती रहेको थियो ।
कार्यक्रममा गितकार शिवशंकर थापा, संगितकार हस्त परियार, सरगम संगीतालयका संस्थापक दिपक रायमाझी गुरु कुसेश्वर राई ,शिक्षक देवेन्द्र हुमगाई लगायतले सफलताको शुभकामना मन्तव्य राख्दै संगित साधनामा लागिरहन आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र सङग्रौलाले संगितले जीवनमा ठुलो परिर्वन ल्याउने भएकाले संगितको साधना गर्दा सधै अन्तरमनबाट गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमलाई गरिमामय बनाउन सहयोग गर्ने सम्पूर्ण संगीतकर्मी अग्रज कलाकार, कार्यसमिति परिवार तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाकी अध्यक्ष आकृती खतिवडाले संगीतको माध्यमबाट संस्कृतिको जगेर्ना र प्रतिभा प्रष्फुटनको यात्रामा सधैं लागि रहने बताउनु भयो ।
कार्यक्रमको संचालन सञ्तारकर्मी लीला अनमोलले गर्नु भएको थियो ।