बिर्तामोड । भरत भाबुक प्रसाई ,नेपाल पत्रकार महासंघ झापाकी कार्यसमिति सदस्य तथा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष स्वस्तिका आचार्य नारी सञ्चार गृह झापाको गरिमामय  अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । 

बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको  पाचौं जिल्ला अधिवेशनले आर्चायको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै  उपाध्यक्ष जोत्सना श्रेष्ठ, सचिव दिपा सापकोटा, सहसचिव टिका पोखरेल र कोषाध्यक्ष सुनिरा मैनाली तथा कार्यसमिति सदस्यहरुमा विनिशा शर्मा गौतम, ईशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का चयन हुनुभएको छ ।

महिला पत्रकारहरुको हकहितमा सदैव कृयाशिल संस्था नारी सञ्चार गृहले 

पत्रकाररसञ्चारकर्मी महिलाको दीगो हितमा महत्वपूर्ण कार्य गर्दै आएको छ । महिला सवलीकरण, महिलाहरुको लेखन सिपकला वृद्वी , प्रविधीसंग महिला पहुच लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

मोफसल अनलाइन डट कम बधाईसहित नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।