बिर्तामोड । भरत भाबुक प्रसाई, नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रिय कार्यालय बिर्तामोडको आयोजनामा प्रदेशस्तरीय चिया समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड स्थित बिर्तामोड होटल हेभनको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय चिया कफी विकास बोर्ड प्रदेशमा हस्तान्तरण ,प्रादेशिक चिया सम्मेलनको प्रभावकारिता , चियामा देखिएको नयाँ रोग , पहिचान , नियन्त्रण तथा रोकथाम, राष्ट्रिय चिया कफी विकास बोर्ड कार्यालयको घट्दो बजेट र यसको प्रभाव लगायतका एजेन्डाका सम्बन्ध छलफल सहित अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा प्रदेश चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चियाको बारेमा ठोस नीति नबन्दा चिया खेती धरासायी बन्दै गएको बताउनु भयो ।
उहाँले मजुरलाई राज्यले नै खेद्ने काम गरिरहेको बताउनु भयो । उहाँले मजदुर हरुको हक र हितका लागि सामाजिक सुरक्षा कोष र स्वास्थ्यका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताउनु भयो ।
उहाँले कोशी प्रदेशमा मात्रै ८५ प्रतिशत उत्पादन हुने भएकाले निर्यातमा कोशी प्रदेश सरकारले सहजीकरण गर्नु पर्ने बताउनुभयो । उहाँले चियासंग आबद्व रहेका मानिसहरुलाई टि स्टेडमा नियुक्त गर्नुपर्ने बताउनु भयो ।
उहाँले सरकारले मल खाद नदिने कारणले ११ अर्वको उद्योग धराशायी बन्दै गएको बताउनुभयो ।
उहाँले कोशी प्रदेशमा टि बोर्ड नहुँदा ५ देखि ६ करोड चियामा छुट्याइएको बजेट फिर्ज भएको बताउनु भयो ।उहाँले उद्योगीहरुले ऋणको साँवा ब्याज तिर्न नसक्ने अवस्थामा पुगिसकेको बताउनु भयो ।
कोशी प्रदेश सभा सांसद गोपाल विश्वकर्माले टि स्टेशमा कोशी प्रदेशका अनुभवी चिया विज्ञलाई नियुक्त गर्नुपर्ने बताउनु भयो ।
उहाँले सदनमा आफुले चिया कृषकहरुको समस्याका विविध सवालमा आवाज उठाए पनि सुनुवाइ हुने नगरेको बताउनु भयो ।
उहाँले नेपालमा मात्रै १ करोड ५० लाख बिक्री हुने भएता पनि बिक्री लागि राम्रो बजार निर्माण हुन नसक्नु दुःखत कुरा रहेको बताउनु भयो ।
उहाँले चियाको सम्भावनालाई मूर्तरुप दिन सबैले आफ्नो जवाफदेहितामा ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनालले चिया किसानको समस्या जायज नै रहेको बताउदै सदनमा छलफल गरिने बताउनुभयो ।
उहाँले टि बोर्ड कोशी प्रदेशकै मातहतमा रहन आवश्यक रहेको बताउनु भयो । त्यस्तै प्रदेश सभासदस्यता,छविलाल चुडालले सरकारले अब नेपालमै मलखाद उत्पादन गर्न लागि रहेको बताउनु भयो ।
उहाँले जी टु जी प्रकृयाबाट चिया भारत लगायत विदेशमा निर्यातमा गर्न कोशी प्रदेश सरकार प्रतिबद्व रहेको बताउनु भयो ।
त्यस्तै कोशी प्रदेशसभाका सदस्य शमशेर राईले कोशी प्रदेशले आफैले चिया तथा कफी विकास बोर्ड स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले १९२० बाट चिया उत्पादन हुन थालेको बताउदै यति लामो समयबाट उत्पादन गरिदै आइएको नगदेबालीलाई विश्व वजारमा बजारीकरण गर्न नसकिएको बताउनुभयो ।
उहाँले सिटिसी उत्पादन गर्नेहरु विषादी रहित उत्पादनमा नलागेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उर्जा तथा जलश्रोत मन्त्री एकराज कार्कीले हरेक समस्याको ब्यवस्थापन ऐनले गर्ने बताउनुभयो ।
उहाँले मल कोशी प्रदेशको क्षेत्राधिकार भित्र नरहेको बताउनुभयो । उहाँले चियाको बिकासमा कोशी प्रदेश सरकारले नीति बनाएर काम गर्न लागेको बताउनुभयो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालय प्रमुख इन्द्र प्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण संवाद समूहका झापा संयोजक एकराज गिरीले गर्नु भएको थियो ।
कोशी प्रदेशका मन्त्री तथा सांसदहरुले प्रदेशमा चिया नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।