विर्तामोड,२२ असार । भरत भाबुक प्रसाई, नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित हुनुभएको छ ।
आज विर्तामोडमा आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहनुभएकी भण्डारीलाई विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगद रु एक लाखसहित पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको हो ।
सोही अवसरमा नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी चिरञ्जीवी घिमिरे नगद रु २५ हजारसहित सम्मानित हुनुभएको छ ।

नारी सञ्चारगृहकी अध्यक्ष रेजिना रोजनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मायामितु न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष गजलकार केशव आचायर्,अग्रज पत्रकार गोपाल काफ्ले, पत्रकार तीर्थ सिग्देल, कञ्चना ढकाल,गंगा तिम्सिना, टिका अधिकारी, तेज पाठक, देवीभक्त श्रेष्ठ लगायतलाई नारी सञ्चार गृहको अक्षकोष स्थापना एवं बृद्वीमा पु¥याएको योगदानको कदर स्वरुप विशेष सम्मान गरिएको थियो ।
नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको सङ्गठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ ।
संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवद्र्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ । कार्यक्रमको पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले नारी सञ्चार गृहले महिला पत्रकारहरुको हकहितमा खेलेको भुमिकाको प्रशंसा गर्दै, सदैव पत्रकार महासंघ झापा, महिला पत्रकारहरुको क्षमता बिकास र प्रर्वधनमा सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो ।
उहाँले नारी सञ्चारगृह झापाले अत्यन्तै उर्जाशिल र संगठनलाई एकताबद्व राख्न सक्ने डाइनामिक लिडर अध्यक्षको रुपमा पाएको बताउनु भयो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथी पवित्रा महतरा प्रसाईले महिला नै परिवार र समाज रुपान्तरणको आधार भएको बताउनुभयो । उहाँले बिकास भनेको भौतिक संरचनाको निर्माण मात्रै नभएर मानिसको चेतनामा परिर्वतन आउनुपनि बिकास भएको बताउनुभयो ।
उहाँले बिर्तामोड नगरपालिकाले पनि नारीलाई रोजगार संग जोड्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा निर्वाचन समितिकी संयोजक सावित्रा दाहालले निर्वाचित अध्यक्ष स्वस्तिका आर्चायलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्दे कार्यसफल्ताको शुभकामना दिनुभयो । नारी सञ्चारगृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले पुरस्कृत व्यतित्वको बारेमा चर्चा गर्दै छनोट गरिनुको कारणमाथी प्रकाश पार्नुभएको थियो ।
अबको २ वर्षेकार्यकालका लागि अध्यक्षमा स्वस्तिका आचार्य त्यसैगरी गृहको उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सह–सचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत चयन हुनुभएको थियो । सदस्यमा विनिशा शर्मा गौतम, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का चयन भएको छन् ।

संस्थाको संस्थापक अध्यक्ष सावित्रा दाहाल हुनुहुन्छ त्यसपछि दाहाल, अम्बिका भण्डारी, भीमा शिवाकोटी अध्यक्ष बन्नुभयो, अनि आजै एक कार्यक्रमका बिच अध्यक्ष रेजिना गौतम आर्चायले अध्यक्षता हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने,जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख विजय श्रेष्ठ, अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, सञ्चार उद्यमी राजेन्द्र चौलागाई,गोर्खा फाउण्डेशका अध्यक्ष बिरु दर्नाल, मोफसल अनलाइनका सम्पादक भरत प्रसाई , अग्रज पत्रकार दिपिन राई, रमेश शमदर्शी, प्रेम आर्चाय, प्रदिप परियार, साहित्यकार भवानी क्षेत्री, अग्रज समाजसेवी शुरेश अग्रवाल भद्रपुरे, नेपाल चेम्बर अफ कर्मशका केन्द्रिय सदस्य ओम बिमली, गायक तथा सर्जक देवीभक्त श्रेष्ठ लगायत झापाका विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो ।














