जिल्ला झापा झापा गाउँपालिका वडा न.४ सुकुमबासी बस्ति स्थित सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट साइकलमा नेपाल तर्फ आउँदै गरेको जिल्ला
झापा कनकाई नगरपालिका वडा न.१ दुर्गापुर बस्ने वर्ष ३७ को पवन ऋषिदेबलाई शंकाष्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा निज चढि आएको साईकलको टायर भित्र रहेको ट्युवमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ (प्लाष्टिक सहित १८ ग्राम ४) मिलिग्राम) प्लाष्टिक बाहेक १६७ ग्राम फेला
परेकोले निजलाई समेत नियन्त्रणमा लिई आज मिति २६ गते सम्मानित जिल्ला अदालत झापाबाट दिन ५ म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














