बिर्तामोड । भरत भाबुक प्रसाई, 

द भ्वाइस अफ किड्स नेपाल सिजन ४ मा एक अनुपम प्रतिभाका रुपमा उदाएका सुज्ञान खनाल अहिले लाखौं नेपालीको ढुकढुकी बनेका छन्। 

 सुरिलो आवाज, आत्मविश्वास र अद्भुत प्रस्तुतीले सुज्ञानले सारा दर्शकको मन जित्न सफल भएका हुन ।

डिजिटल, फिजिकल हुँदै ब्लाइन्ड अडिसनबाट सुरु भएको उनको यो संगीत यात्रा ब्याटल राउन्डसम्म आईपुग्दा टिम मिलन नेवारबाट उनी छनोटमा परेका छन्। यो क्षण हामी सबैका लागि आशाको उज्यालो किरण बन्न पुगेको छ ।


आज सुज्ञान लाईभ राउन्ड (भोटिङ्ग राउन्ड) सम्म आइपुगेका छन् र अब उनको जित तपाईं हाम्रो साथ र भोटमा निर्भर छ। सानो उमेरमै गीत–संगीतमा गहिरो मेहनत गरिरहेका सुज्ञान पढाइ, खेलकुद, सिर्जनात्मकका साथै मनोरञ्जनात्मक क्रियाकलापमा पनि उत्तिकै तेजिला छन्। उनी भन्छन्


म देशको नाम चल्ने सदाबहार गायक बन्न चाहन्छु। म भाइरल बन्न होइन, संघर्ष गरेर साङ्गितिक यात्रामा मेरो नाम अटल राख्न चाहन्छु । त्यसैले, हामी सबैले यो सपना साकार पार्न अब हातेमालो गरौं। सुज्ञानको आवाज देशको शान हो, हजुरको एक भोट सुज्ञानको सुनिश्चित जित हो । 

त्यसैले, हामी सबैले यो सपना साकार पार्न अब हातेमालो गरौं।
"सुज्ञानको आवाज देशको शान हो,
हजुरको एक भोट सुज्ञानको सुनिश्चित जित हो ।''

भोट गर्ने तरिका -: Khalti App डाउनलोड गर्नुहोस् "The Voice of Kids S4" मा जानुहोस् "Team Milan" मा क्लिक गर्नुहोस् "Sugyan Khanal" छान्नुहोस्


सक्दो धेरै भोट दिनुहोस्! धन्यवाद!