बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षीक साधारणसभा सम्पन्न भएको छ ।


बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको संस्थाको साधारणसभाको उद्घाटन अध्यक्ष सहित संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमाथी प्रकाश पार्दै दंगालले सहकारीले पुँजीवादी वित्तिय ब्यवस्था र समाजवादी वित्तिय ब्यवस्थालाई जोड्ने पुलको काम गरेको बताउनु भयो । उहाँले अझै सहकारी क्षेत्रमा देखिएको कालोबादल अझै हटिनसकेको बताउनु भयो ।

IMG_5467

बिर्तामोड–४ मा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले ३१ वटा सेवा केन्द्रमार्फत झापा, इलाम र मोरङ जिल्लामा आर्थिक सेवा प्रदान गर्दै आएको छ।

संस्था सन् २०६९ साल श्रावण १४ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भई सेवा प्रारम्भ गरेको हो।

हालै सम्पन्न एक विशेष कार्यक्रममा न्यूनतम मासिक बचत संकलन लक्ष्य निरन्तर पूरा गर्ने १७ जना बजार सहायकहरूलाई नगद र दोसल्ला सहित संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र उपाध्यक्ष राजेन्द्र प्रसाद गौतमले संयुक्तरूपमा सम्मान गरे। त्यस्तै १० वर्षभन्दा बढी सेवा पुर्याएका कर्मचारीहरूलाई समेत कदर गरिएको थियो, जसमा प्रेम प्रसाद ओली, धनकुमार राजवंशी, देविमाया बिष्ट, यामनारायण अधिकारी, सुजन बुढाथोकीलगायत १७ जनाको योगदान उच्च मूल्याङ्कन गरिएको हो।

IMG_5485

कार्यक्रममा कामाटोली सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रका रूपमा सम्मान गरिनुका साथै उत्कृष्ट लेखा सहायक यसोदा कार्की (दानाबारी), ऋणी सहायक दर्गादेवी पोखरेल (खुदुनाबारी) र बजार सहायक खेमकुमारी थापा (ईट्टाभट्टा) लाई विशेष सम्मान गरिएको थियो।

त्यसैगरी, सेवाकेन्द्र सञ्चालन उपसमितिका नयाँ सदस्यहरूको मनोनयन तथा सपथ ग्रहण पनि सम्पन्न भयो। कार्यक्रममा सदस्यहरूका सन्तानमध्ये २०८१ सालको SEE परीक्षामा ४.० जीपिए ल्याएका सागर राउत र ३.९५ जीपिए ल्याएका सजल तामाङलाई सम्मान गरियो।


IMG_5486

अध्यक्ष ढुङगेलद्वारा प्रस्तुत प्रतिवेदन अनुसार हालसम्म ३ हजार १ सय ११ जना शेयर सदस्य, १८ लाख ५१ हजार ७ सय रुपैयाँ शेयर पूँजी, १९.५% तरलता प्रतिशत, र ६ हजार २ सय २५ जना ऋण सदस्य रहेको जानकारी दिइएको छ।


कार्यक्रमको सञ्चालन सचिव विश्वेश्वर प्रसाद लामिछानेले गर्नुभएको थियो भने उपाध्यक्ष गौतमले स्वागत मन्तव्य दिनुभएको थियो।