बिर्तामोड । भरत प्रसाई, बिर्तामोड १ स्थित पञ्चकन्या टोलमा रहको कोशी प्रदेशकै महिमा कैलाशेश्वर महादेव शिवालयमा श्रावण महिनाको अन्तिम सोमबार उल्लेखीय मात्रामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
कैलाशेश्वर महादेवको प्रतिमा पछिल्लो समयमा धार्मिक तथा सामुदायिक प्रयासको प्रतिक बनेको छ ।

२०७७ साल फागुन २७ गते महाशिवरात्रीको दिन प्रथम महिला जगत गुरु शंकाराचार्य हेमानन्द गिरीले प्रतिमाको विधिगत अनावरण गर्नुभएको थियो । जमिनबाट ९ फिट र प्रतिमा आधारमा २७ फिट गरि ३६ फिट अग्लो प्रतिमा करिव ३८ लाख लागतमा निर्माण सम्पन्न भएको थियो ।
बिर्तामोड १ मा रहेको पञ्चकन्या टोल बिकास समितिले विगतझै यो वर्षपनि श्रावण महिनामा आउने भक्तजनहरुको सेवाका लागि बिहानै बाट विभिन्न कार्यक्रम सहित संयोमसेवक परिचालन गरेको थियो ।

स्थानीय पहिचान स्थापित गर्दै धर्ममा समाजलाई जोड्न समितिले शिव विशेष अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको पञ्चकन्या टोल बिकास समितिका अध्यक्ष रमन दास सिटौलाले बताउनुभयो ।
उहाँले कोशी प्रदेशकै दोश्रो ठुलो शिवालयमा शिवरात्रीका दिन भक्तजनहरुको सहभागिता बाक्लो रहने गरेको बताउनु भयो । आज अन्तिम सोमबार स्थानीय महिलाहरुको सहभागितामा शिवका भजन एवं स्तुती गान प्रस्तुत गरिएको थियो ।
आजको विशेष कार्यक्रममा पञ्चकन्या टोल बिकास समितिका सचिव रोहित कार्की, कोषाध्यक्ष नारायण लुइटेल लगायत पञ्चकन्या टोल बिकास समितिका स्थानीयवासीहरुले सेवाभावले आगन्तुक भक्तजनहरुलाई प्रसाद वितरण गरेका थिए ।














