बिर्तामोड । विगत लामो समयदेखि झापाको मुटु बिर्तामोडमा उत्कृष्ट होटल सेवा प्रदान गर्दै आएको होटल हिकोला हेरिटेज प्रा.लीले आफ्नो एघारौँ वार्षिकोत्सव जेष्ठ आमाबुवालाई सम्मान गर्दै मनाएको छ।


होटल हिकोला हेरिटेज प्रालीका सञ्चालक तथा साहित्य चौतारी नेपालका संरक्षक एवं अध्यक्ष देवीभक्त श्रेष्ठ र संरक्षक उर्मिला बिमली श्रेष्ठकी जेष्ठ सुपुत्री मनिता श्रेष्ठको जन्मोत्सवको अवसरमा परोपकार सेवा केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ४५ जना आमाबुवालाई रात्रिभोजन, दोसल्ला, टीका, फलफुल र नगद प्रदान गरिएको हो।

कार्यक्रमकी संयोजक उर्मिला बिमली श्रेष्ठले आफ्नी छोरीको जन्मदिनलाई सामाजिक सेवामा जोड्न पाउँदा आत्मसन्तोष प्राप्त भएको बताउँदै सम्पूर्ण आमाबुवा र उपस्थित अतिथिलाई स्वागत गर्नुभयो। त्यस्तै, कार्यक्रमका प्रमुख वक्ता साहित्य चौतारी नेपालका अध्यक्ष देवीभक्त श्रेष्ठले भजन प्रस्तुत गरी वृद्धाश्रममा रहेका आमाबुवालाई खुसी पार्नुभएको थियो।


45787

उहाँले होटल हिकोला हेरिटेज, साहित्य चौतारी र अनुपमा ट्राभल्सले सदैव सामाजिक उत्तरदायित्वअनुरूप कार्य गर्दै आएको उल्लेख गर्दै जेष्ठ आमाबुवाको आशीर्वाद लिन पाउनु गर्वको कुरा भएको बताउनुभयो।


कार्यक्रममा साहित्य चौतारी झापाकी उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले आमाबुवालाई सम्मान गर्दै आशीर्वाद ग्रहण गर्नुभयो।

1245सो अवसरमा साहित्य चौतारी झापाका उपाध्यक्ष तथा वरिष्ठ चित्रकार हिम्मत नेम्बाङ, सहसचिव जिना अधिकारी, प्रेस सल्लाहकार भरत भावुक प्रसाई, संगीत उपाध्यक्ष शान्तादेवी पौडेल, कोषाध्यक्ष, वरिष्ठ सल्लाहकार अनिरुद्र ओली, सदस्य एनबी दाहाल नवीन लगायत कार्यसमिति तथा हेरिटेज परिवारका प्रतिनिधि, साहित्य चौतारी परिवार र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव एवं वृता ज्योति साप्ताहिक सम्पादक तुलसी प्रसाद निरौलाले गर्नुभएको थियो