कार्यक्रमका प्रमुख उद्देश्यमध्ये सांस्कृतिक संस्कारलाई संरक्षण गर्नु र अभिभावकबीच पारस्परिक एकताको भावना जगाउनु रहेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो।
तीज मिलन कार्यक्रममा सानासाना भाइबहिनीहरूले नृत्यहरूद्वारा उपस्थित अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए।
लिङकन मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै अभिभावको रचनात्मक सुझावलाई सदैव ग्रहण गर्दै समाजका संस्कार र संस्कृति सम्बन्धी सिकाईमा विद्यालय सधै लागि रहने बताउनु भयो ।
विद्यालयका शिक्षक–शिक्षिका तथा अभिभावकहरूले यस किसिमका गतिविधिहरूले बालबालिकामा संस्कृति र परम्परा जगेर्ना गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
कार्यक्रमको सञ्चालन भरत प्रसाईंले गर्नुभएको थियो। तीजकाे अवसरमा विद्यालयले सम्पूर्ण अभिभावकलाई खिर खुवाउँदै तीजको खुशी साटासाट गरेकाे थियाे ।














