धरानदेखि दार्जिलिङसम्म, भारत–नेपालको सीमावर्ती क्षेत्रमा हाल एउटा अनौठो तर विश्वास दिलाउने नाम चर्चामा छ—निशान्त एम ज्योतिष केन्द्र।
वेस्ट बङ्गाल दार्जिलिङ जिल्लामा आफ्नो कर्मथलो बनाउनुभएका नेपाली भाषी निशान्त महाराजको यो केन्द्र पछिल्ला दिनमा सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वसम्मका लागि विश्वासको गन्तव्य बन्दै गएको छ ।

काकरभिट्टा नाका बोर्डरबाट १ सय मिटर पूर्वतर्फ अवस्थित केन्द्रको दृश्य कुनै धार्मिक मेला जस्तै लाग्छ।
मोफसल अनलाइन टि भी र कोशी दर्पणको टोली त्यहाँ पुग्दा सयौंको भीड आफ्नो हस्तरेखा देखाउन लामबद्ध थिए। कतिपयको अनुहारमा आशा थियो, कसैको मनमा शंका, तर सबैलाई विश्वास थियो—महाराज निशान्तले भनेको कुरा खेर जाँदैन।
बिर्तामोड–६ का यादवप्रसाद खतिवडाले अनुभव बाँड्दै भने,
“म पहिलो पटक मोटरसाइकल बनाउने क्रममा महाराजजीसँग भेट भएको थियो। उहाँले केवल अनुहारको हाउभाउ हेरेर नै मेरो विगत–वर्तमानका कुरा जस्ताको त्यस्तै भन्नुभयो। त्यसयता म उहाँलाई विश्वास गरेर बेलाबेला सल्लाह लिन आउँछु।”
त्यस्तै, बुद्धशान्ति–६ की मीना सिटौलाले सुनाइन
“यो मेरो दोस्रो भेट हो। पहिलो पटक उहाँको सल्लाह अनुसार केही कुरामा ध्यान दिएँ, जीवनमै सकारात्मक परिवर्तन अनुभव गरेँ। त्यसैले फेरि यहाँ आएकी हुँ।”
हजारौं नागरिकका भावनाले भरिएको केन्द्रको माहोलमा हामीले महाराज निशान्त एमलाई प्रश्न र्गयौं—यस्तो अद्भुत विद्या कसरी सम्भव भयो?

महाराजले मुस्कुराउँदै उत्तर दिनुभयो “यो कुनै जादु मन्त्र वा टुनामुना होइन। विज्ञानले निर्दिष्ट गरेको सिद्धान्तमा आधारित हस्तरेखा र स्वभावको अध्ययन मात्र हो। म झुठो कुरा बोल्दिनँ, जे देख्छु र सत्य लाग्छ, त्यही भन्छु। धन आर्जनका लागि होइन, समस्यामा परेकालाई सेवा गर्ने ध्येयका साथ यो कार्यलाई अघि बढाएको हुँ।”
उहाँले थप स्पष्ट पार्नुभयो “सनातन धर्ममा गुरु–ज्योतिषलाई घृणाको दृष्टिले हेरिन्छ, तर वास्तवमा गुरु आमा–बाबाजस्तै आदरणीय हुन्छन्। केहीले स्वार्थका लागि गलत बाटो रोजेका कारण सबैलाई शंका गर्नु मिल्दैन।”
नेपाल र भारतका नेता तथा उच्च पदस्थ अधिकारीहरू समेत सल्लाह लिन आउने गरेको खुलासा गर्दै महाराजले आफ्नो विद्या जनकल्याणका लागि मात्र भएको दाबी गर्नुभयो। यति मात्र होइन, भर्खरैको गणेश चतुर्दशीमा उहाँले नेपाल–भारतका २५ भन्दा बढी गुरुहरुलाई पूजा–आराधना गरेर मिष्ठान भोजनसहित सम्मान गर्नुभयो।
गुरु महिमाको चर्चा गर्दै उनले भने, “गुरु विद्याको अथाह भण्डार हो, त्यसलाई अपमान गर्नु मानवीय कमजोरी हो।” आज ज्योतिषप्रति अविश्वास बढ्दै गएको समयमा, निशान्त एम ज्योतिष केन्द्र भने सीमापारका जनताको विश्वास र आशाको शिखरमा उभिएको छ। दैनिकजसो सूचना माध्यमहरूमा महाराज निशान्तको चर्चा हुनु आफैंमा एउटा कथाजस्तै बनेको छ—जहाँ विश्वास, अनुभव र सेवा तीनै कुरा एकै ठाउँमा भेटिन्छन्। ।














