झापा । एकका लागि एक अभियान मार्फत झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गालाई करिब दुई लाख रुपैयाँ बराबरका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ।

शनिबार अाज  आयोजित कार्यक्रममा कम्प्युटर २ सेट, स्टील र काठका दराज, वाल र्याक, पलङ्ग २ थान, हाते माइक, टर्च लाइट ३ थान, ब्ल्याङ्केट १० थान, जस्तापाता, वालघडी ३, झुल १६ थान र र्याक १ सहितका सामग्री इप्रका सुरुङ्गाका इञ्चार्ज प्रहरी नायब निरीक्षक  सुवास ढुंगानालाई हस्तान्तरण गरिएको हो।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज प्रहरी नायब निरीक्षक ढुंगानाले नागरिक समाज र ‘एकका लागि एक अभियान’मार्फत प्राप्त सहयोगले “प्रहरी हाम्रो साथी” भन्ने सामाजिक भनाइलाई सार्थक बनाएको बताएका छन् ।

सामग्री हस्तान्तरण कार्यक्रमपछि बोल्दै इञ्चार्ज ढुंगानाले शान्ति–सुरक्षा कायम राख्न प्रहरी प्रशासन निरन्तर जिम्मेवारीका साथ क्रियाशील रहेको बताउँदै यस किसिमको सहयोगले प्रहरीलाई थप उत्साह मिलेको उल्लेख गरे ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले समुदाय र प्रहरीबीचको सहकार्यले मात्र समाजलाई सुरक्षित र शान्त बनाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा अभियानको तर्फबाट नबीन गट्टानी, लिला चिमरिया, सुवास भट्टराई, शिव कडेल र एकराज गिरी लगायतको उपस्थिती रहेको  थियो ।