बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार आयोजित अन्तिम माइन्युट प्रमाणीकरण सभामा संस्थाले आगामी वर्षका लागि १२ अर्ब ४२ करोड ६५ लाख १३ हजार १७५ रुपैयाँ बराबरको बजेट र कार्यक्रम पारित गरेको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार आव २०८१/८२ मा ४२ जना सदस्यको ४८ लाख २३ हजार २१५ रुपैयाँ ऋण मिनाहा गरिएको छ ।

२०८२ असारसम्म संस्थाको शेयर पुँजी ३५ करोड ९ लाख १५ हजार ५ सय पुगेको, बचत रकम २ अर्ब १५ करोड २५ लाख ८४ हजार ५८३ र ऋण लगानी २ अर्ब ८० करोड ४७ लाख ८६ हजार ३७८ रहेको उनले जानकारी दिए ।

सहकारीमा हाल ६९ हजारभन्दा बढी शेयर सदस्य छन् ।

कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गत आवमा वासलात ३८ करोडले वृद्धि भई ३ अर्ब ३३ करोड पुगेको बताए ।

555555

उनका अनुसार ४६ वटा सेवा केन्द्रमार्फत एक–एक जना उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी गरी ९२ जनालाई सभामा सम्मान गरिएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत मात्रै १ करोड ३९ लाख रुपैयाँ खर्च गरी स्वास्थ्य उपचार, कर्जा मिनाहा र काजक्रिया खर्चमा लाखौँ रुपैयाँ व्यय गरिएको उनले बताए ।

यसै अवसरमा शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक पत्रकार उद्धव पुरीलाई पनि सहकारी क्षेत्रमा समाचारलाई निरन्तर उजागर गर्दै आएको योगदानको कदरस्वरूप सम्मान गरिएको छ ।

उनलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख बस्नेत, सचिव इन्द्रबहादुर कार्की लगायतले पुरीलाई सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकृत प्रेम बस्नेत (बिजय) ले गरेका थिए ।