बिर्तामोड । भरत प्रसाई
विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका न्युटन एजुकेशन एकेडेमी र एभरेस्ट स्मार्ट एजुकेशन एकेडेमीले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन्। ।
कार्यक्रम पुरानो भद्रपुर रोडस्थित बिर्तापाटी प्यालेसको सभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रममा न्युटन एजुकेसन विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धर्मपराजुली प्रसाईले अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष प्रसाईले शिक्षा नै समाज परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै शिक्षामा समर्पित सबै शिक्षक–शिक्षिका तथा कर्मचारीलाई “निस्वार्थ भावनासहित एकताबद्ध भई शैक्षिक उन्नयनमा योगदान पुर्याउन” आग्रह गर्नुभयो।

उहाँले अहिले देश कठिन परिस्थितिबाट गुज्रिँदै गरे पनि नेपाली समाजले संस्कृति जगेर्ना गर्दै पर्व मनाउनु गर्वको विषय भएको बताउँनु भयाे । उहाँले बालबालिकाका जायज माग सम्बोधन भई परिवर्तनको बाटो खुल्नेमा विश्वास व्यक्त गर्नुभयो।
यसैगरी, बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाईले न्युटन एजुकेशन फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा १ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको बताउदैं योगदानको प्रशंसा गर्नुभयो। यसैगरी,
वडा नं. ६ का अध्यक्ष सूर्य कन्दङवालले बालबालिकाका मागलाई सम्बोधन गर्न ,अभिभावकहरूलाई सचेत रहन आग्रह गर्दै विषम परिस्थिति बीच पनि चाडपर्वले एकता, प्रगति र उत्साह ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले न्युटन एजुकेसन एकेडेमीलाई “शैक्षिक जागरण र चेतनाको दियो बाल्ने झापाको शैक्षिक संस्थाका” रूपमा वर्णन गर्दै प्रविधिमूलक शिक्षामा एकेडेमीले उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो ।
त्यस्तै, प्रमुख अतिथि बिर्तामोड शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले न्युटन एजुकेसन फाउन्डेशनलाई अन्य विद्यालयभन्दा फरक र भिन्न गतिविधिले अब्बल सावित गरेको टिप्पणी गर्दै सबैलाई दशैं–तिहारको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण अग्रज पत्रकार लीला अनमोलले गर्नुभएको थियो।














