बिर्तामोड । झापाली श्रष्टा समीर खरेलको आवाज तथा संगीत रहेको नेपाली कथानक चलचित्र हरिबहादुरको जुत्ता आज असोज १३ गतेबाट देशभर एकैसाथ रिलिज भएको छ।


दशैंको पूर्वसन्ध्यामा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले प्रदर्शनमा आएको यस चलचित्रमा चर्चित कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुतलगायतको अभिनय रहेको छ।

चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने सरोज ओली र मोहित वंश आचार्यले निर्माण गरेका हुन्।

 जनहितमा जारी


समीर खरेलले यस चलचित्रमार्फत पहिलो पटक फिल्म क्षेत्रमा डेब्यु गरेका हुन्। झापाको वान स्टेप महल र पाथिभारा सिनेमाघरसहित देशभर प्रदर्शनमा आएको फिल्म हेरी प्रतिक्रिया दिन उनले दर्शकलाई आग्रह गरेका छन्।