झापा – झापाको बिर्तामोड नगरपालिका–६ को गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको गाडी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइेत सबैको स्थानीय बी एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताउनुभयो । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।